स्याङ्जा । स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१४ अर्खलाबासमा मतदाता बोकेको जीप सडकबाट झण्डै १५० मिटर तल खसेको छ ।
निर्वाचनका दिन यातायात संचालनमा निषेध गरिएपनि मतदाता ओसार्नका लागि सो जीप प्रयोग गरिएको थियो । दुर्घटनामा थप ९ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्दार गरी उपचारका लागि स्थानीय अस्पतालमा लगिँदै छ । घटनास्थलमा उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।
हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।
स्थानीय निर्वाचनका लागि मतदाता ओसार्न प्रयोग गरिएको जीप दुर्घटनामा परेको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology