Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

होर्मुज नजिकै भारतीय तेल ट्यांकरमा अमेरिकी आक्रमण, दुई जनाको मृत्यु

होर्मुज नजिकै भारतीय तेल ट्यांकरमा अमेरिकी आक्रमण, दुई जनाको मृत्यु

images
  • होर्मुज नजिकै भारतीय तेल ट्यांकरमा अमेरिकी आक्रमण, दुई जनाको मृत्यु
    images
    images

    काठमाडौँ । होर्मुज जलडमरूमध्य नजिकै तेल ट्यांकर ‘एमटी सेत्तेबेल्लो’ माथि भएको अमेरिकी आक्रमणमा दुई भारतीय नाविकको मृत्यु भएको छ भने जहाजका प्रमुख इन्जिनियर अझै बेपत्ता रहेको बताइएको छ।

    images
    images
    images

    भारतीय नाविकहरूको संगठन फर्वार्ड सीमेन युनियन अफ इन्डियाका महासचिव मनोज यादवले जहाजसँग सम्पर्क स्थापित हुन नसकेको जानकारी दिएका छन् । उनका अनुसार प्राप्त विवरणअनुसार दुई भारतीय नाविकको मृत्यु भइसकेको छ भने जहाजका प्रमुख इन्जिनियर एक भारतीय नागरिक अझै सम्पर्कविहीन छन् ।

    images
    images
    images

    मृत्यु हुनेमा डेक क्याडेट आदित्य शर्मा र इन्जिन फिटर शिवानन्द चौरसियाको पहिचान भएको छ । प्रमुख इन्जिनियर पटनाला सुरेशको खोजी कार्य जारी रहेको जनाइएको छ ।

    images
    images
    images

    यादवले अमेरिकी नौसेनाको भूमिकामाथि प्रश्न उठाउँदै जहाजमा भारतीयसहित अन्य विदेशी नागरिक रहेको जानकारी अमेरिकी पक्षलाई रहेको दाबी गरेका छन् । उनले जहाजले कुनै निर्देशन पालना नगरेको भए नियन्त्रणमा लिन सकिने विकल्प हुँदाहुँदै आक्रमण गरिएको बताएका छन् ।

    यसअघि भारतको विदेश मन्त्रालयले ओमानको तट नजिक भएको उक्त आक्रमणको निन्दा गरेको थियो । मन्त्रालयका अनुसार जहाजमा रहेका २४ भारतीयमध्ये २१ जनालाई सकुशल उद्धार गरिएको छ भने तीन जना बेपत्ता रहेको जानकारी प्राप्त भएको थियो ।

    भारतीय दूतावासले ओमानी अधिकारीहरूसँग समन्वय गर्दै खोज तथा उद्धार अभियानको निगरानी गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होर्मुज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।