Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

होर्मुजमा जहाजमाथि आक्रमणपछि अमेरिकाद्वारा इरानमाथि हवाई हमला

होर्मुजमा जहाजमाथि आक्रमणपछि अमेरिकाद्वारा इरानमाथि हवाई हमला

images
  • होर्मुजमा जहाजमाथि आक्रमणपछि अमेरिकाद्वारा इरानमाथि हवाई हमला
    images
    images

    काठमाडौँ । होर्मुज जलडमरूमध्यमा तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई हमला गरेको छ ।

    images
    images
    images

    अमेरिकी केन्द्रीय सैन्य कमान्डले अन्तर्राष्ट्रिय जलमार्गमा व्यावसायिक जहाजलाई निशाना बनाइएकाले जवाफी कारबाही गरिएको जनाएको छ । इरानले भने अमेरिकी आक्रमणलाई गत महिना भएको दुई देशबीचको समझदारीको उल्लङ्घन भन्दै आवश्यक कदम चाल्ने चेतावनी दिएको छ ।

    images
    images
    images

    इरानी सञ्चारमाध्यमका अनुसार किस्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा आक्रमण हुँदा केही व्यक्ति घाइते भएका छन् । यसअघि अमेरिकाले इरानलाई दिइएको तेल बिक्रीसम्बन्धी अस्थायी छुट पनि खारेज गरेको थियो ।

    images
    images
    images

    यसैबीच कतार र साउदी अरबले आफ्ना तेल ट्याङ्करमाथि भएको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गरेका छन् । विश्वको करिब पाँचौँ भाग तेल तथा ग्यास ओसारपसार हुने हर्मुज जलडमरूमध्यमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमाथि चिन्ता बढाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होर्मुज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।