Logo

२०८३, कार्तिक २८गते


images
images

जनप्रिय सामुदायिक वनमा कटान क्षेत्रको स्थलगत अनुगमन, १० हजार क्यूफिटभन्दा बढी काठ संकलन

जनप्रिय सामुदायिक वनमा कटान क्षेत्रको स्थलगत अनुगमन, १० हजार क्यूफिटभन्दा बढी काठ संकलन

images
  • जनप्रिय सामुदायिक वनमा कटान क्षेत्रको स्थलगत अनुगमन, १० हजार क्यूफिटभन्दा बढी काठ संकलन
    images

    देवदह । जनप्रिय सामुदायिक वन उपभोक्ता समुह देवदह ९, १० ले शुक्रबार कटान क्षेत्रको अनुगमन तथा प्लट क्लियरेन्स चेकजाँच गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा पुनरोत्पादन तथा ढलापडा-सुखड खडा रुख कटान गरिएको क्षेत्रसहित घाटगद्धी परिसरको चेकजाँच गरिएको हो । 

    images
    images
    images

    वडा नं ९ का अध्यक्ष मोहनबहादुर जिसी, वडा सदस्य कृष्णमाया राना, वडा नं १० का सदस्य अमर लामिछाने, देवदह सव डिभिजन वन कार्यालय सीतलनगरका प्रमुख पुष्पराज श्रेष्ठ लगायतको कर्मचारी टोली,  टोल विकास संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको रोहवरमा चेकजाँच गरिएको समुहका कार्यबाहक अध्यक्ष टेकबहादुर बिकले जानकारी दिए । 

    images
    images
    images

    समुहले चालु आर्थिक वर्षमा पुनरोत्पादन कटानतर्फ ८७७१।१६ क्यूफिट र ढलापडातर्फ १६४८।०२ क्यूफिट काठ कटान गरि घाटगद्धीमा संकलन गरिएको का.व अध्यक्ष विकले बताए । अध्यक्ष विकका अनुसार पुनरोत्पादनतर्फ ३० चट्टा र ढलापडातर्फ ३ चट्टा दाउरा कटान गरि घाटगद्धी गरिएको छ । 

    images
    images

    डिभिजन वन कार्यालय रुपन्देहीको सहमति अनुसार आर्थिक बर्ष २०८२÷८३ अन्तर्गत समुहको आवधिक खण्ड नं १ को उपखण्ड ७ मा २.६१ हेक्टर क्षेत्रफलमा यो बर्ष पुनरोत्पादन कटान गरिएको थियो । पुनरोत्पादन कटानतर्फ १९० वटा रुखबाट ९०६२।८४ क्यूफिट काठ तथा ३५।८६ चट्टा दाउरा संकलन गर्ने अनुमान गरिएको थियो । यस्तै ढलापडा तर्फ २३ वटा रुखबाट १७०२।१४ क्यूफिट काठ तथा ५।१५ चट्टा दाउरा संकलन गर्ने अनुमान थियो । 

    यस बर्षको कटानमा पनरोत्पादन तर्फ २९१।६८ क्यूफिट र ढलापडा तर्फ ५४।१२ क्यूफिट कम काठ संकलन भएको छ । त्यस्तै दाउरा तर्फ पुनरोत्पादनबाट ५।८६ चट्टा र ढलापडा तर्फ २ चट्टा दाउरा कम संकलन भएको छ । 

    खडा रुखलाई अनुमानको आधारमा उचाई नाप्नुपर्ने भएकोले पूर्वानुमान भन्दा १० प्रतिशत सम्म कम उत्पादनलाई सामान्य मान्नुपर्ने शितलनगर सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठले बताए । ‘भोलीका दिनमा रुखको एक्सरे गरेर मापन गर्न सकिने त्यस्तो प्रविधि आएको खण्डमा बाहेक अहिलेको प्रविधिले वास्तविक परिमाण दिन सक्ने अवस्था छैन ।’ उनले भने, ‘कतिपय उचाई र मोटाईमा आउने फरकपनले गर्दा प्राय कटानपूर्वको अनुमान भन्दा कटान पछिको परिमाण घट्ने गरेको छ ।’ 

    समुहले आर्थिक बर्ष २०८२÷८३ मा पुनरोत्पादन तथा ढलापडा कटान तथा संकलन कार्यमा २० लाख ८७ हजार ७०५ रुपैंया खर्च भएको जनाएको छ । जसमा कामदार ज्याला ९ लाख १५ हजार २०० रुपैंया, ढुवानी लोडिङ्ग तर्फ ७ लाख ४९ हजार २२५ रुपैंया, प्राविधिक खर्च ६८ हजार रुपैंया, विभिन्न भत्ता वापत २ लाख ५९ हजार ४६९ रुपैंया, सामग्री खरिदको लागि ४२ हजार ३५३ रुपैंया र विविध तर्फ ५२ हजार ८०५ रुपैंया खर्च भएको कटान मुछान संयोजक भिमबहादुर मल्लले जानकारी दिए । समुहले हरेकबर्षको कटान मुछान कार्यमा समुहमा आवद्ध स्थानीय युवा तथा कामदारहरुलाई प्रयोग गर्ने गरेको जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।