Logo

२०८३, आश्विन १०गते


images
images

किसानसंग निर्मल लामा कार्यक्रम

किसानसंग निर्मल लामा कार्यक्रम

images
  • किसानसंग निर्मल लामा कार्यक्रम
    images
    images

    बुटवल। नेपाली वामपन्थी आन्दोलनका अगुवा निर्मल लामाको स्मृतिमा निर्मल लामासंग किसान कार्यक्रम गरिएको छ । शुक्रबार सैनामैनामा निर्मल लामा स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजना र लुम्बिनी कृषि तथा पशुपक्षि विकास सहकारीको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणी पोख्रेलले जे बोल्यो त्यो गर्ने र जे गर्‍यो त्यो बोल्ने स्व. लामाको आदर्श कम्युनिष्ट नेता कार्यकर्तालाई मात्र नभई सबैका लागि अनुशरणीय रहेको बताए। नेता पोख्रेलले सहकारीको माध्यम मार्फत कृषिमा लगानी बढाई नेपालको अर्थतन्त्रलाई सुधार गर्न सकिनेमा जोड दिए ।  उद्धेश्य अनुरुप सहकारी संचालन हुने अवस्थामा स्वनीयमनको सिद्धान्त उत्तम भए पनि उदेश्य बिपरित कार्य गर्ने सहकारीलाई सरकारको निगरानी र नियमन जरुरी रहेको उनको भनाई छ । 

    images
    images
    images

    लुम्बिनी कृषि तथा पशुपन्छि बिकास सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम पौडेलले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले नीतिनिर्माणमै सुधार गर्नु पर्ने आवश्यकता औल्याए । सरकारले उत्पादनमा लागेका सहकारीलाई प्रोत्साहन नगर्दा लगानी बढाउन नसकिएको उनको गुनासो छ ।

    images
    images
    images

    प्रतिष्ठान उपाध्यक्ष सोमनाथ शर्मा, सहकारी अभियान्ता सन्देश सापकोटा, बाबुराम आचार्य लगायतले सहकारी अभियान मार्फत अर्थतन्त्रको बिकास गर्न सकिने सम्भावनालाई मध्यनजर गरि सरकारले प्रोत्साहन गर्न जरुरी रहेको धारणा राखे ।

    सैनामैना सामुदायिक बाख्रा पालन तथा नश्ल सुधार केन्द्रका संचालक, कृषि अभियान्ता प्रेम सागर पौडेलले मलखादको ब्यवस्थापन बिना कृषि उपजको उत्पादन  बढाउन नसकिने भएकाले  डिएपि प्राङ्गगारिक मल प्रयोगमा जोड दिए।
     तुलसी  एग्रो इण्डिष्ट्ज प्रालीका अध्यक्ष  लाल बहादुर थापा , कृषि  बिज्ञ  राम प्रसाद यादवले कृषि उत्पादनलाई कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा  सहजीकरण गरेका थिए ।

    बुटवल -६ चन्द्रनगर स्थित तुलसी अग्रो इण्डिष्ट्ज प्रालि द्वारा उत्पादित सम्मृद्व शक्ति जिन्क मिक्चर र संगम शक्ति शुक्ष्म पोषक तत्व बजारमा ल्याएको छ । जसले १५ प्रतिशत उत्पादन बढाउने कम्पनीको दाबी छ । उक्त प्रालीले सहभागी कृषकहरुलाई जिन्क र सम्मृद्व  झोल शक्ति  निशुल्क बितरण गरेको थियो भने लुम्बिनी कृषि तथा पशुपन्छि बिकास सहकारी संस्था लिमिटेडले आफ्नो उत्पादन कृषक प्राङ्गगारिक मल बितरण गरेको प्रतिष्ठानका अध्यक्ष गङ्गा लाल  प्रधानले जानकारी दिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्मल लामा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।