Logo

२०८३, कार्तिक २८गते


images
images

पूर्व सांसदसँग संसदीय अनुभव आदानप्रदान, अग्रजको अनुभव उपयोग गर्न सांसदहरूको सुझाव

पूर्व सांसदसँग संसदीय अनुभव आदानप्रदान, अग्रजको अनुभव उपयोग गर्न सांसदहरूको सुझाव

images
  • पूर्व सांसदसँग संसदीय अनुभव आदानप्रदान, अग्रजको अनुभव उपयोग गर्न सांसदहरूको सुझाव
    images

    बुटवल । बुटवलमा पूर्व सांसद मञ्चसँग कानून निर्माण तथा संसदीय कामकारबाही सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा आइतवार सम्पन्न कार्यक्रममा सांसदहरूले अग्रज पूर्व सांसदहरूको अनुभवलाई प्रदेश सभाले उपयोग गर्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभाले पुर्वसांसदको अनुभव र ज्ञानलाई उपयोग गर्ने बताए । उनले लुम्बिनी प्रदेश सभा सचिवालयले संसदीय अभ्यासलाई थप प्रभावकारी र समृद्ध बनाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताए । 

    images
    images
    images

    कार्यक्रममा कार्यपत्र पेश गर्दै प्रदेशसभाका कानुन शाखा उपसचिव लोकमणी पाण्डेले कानुन निर्माणमा पुर्व सांसदको विज्ञता र अनुभव आवश्यक हुने बताए । विश्वका अन्य लोकतान्त्रिक देशमा पुर्व सांसदलाई सल्लाहकारको रुपमा भूमिका दिइने प्रावधान रहेको लगायतका विषय उल्लेख गरे । 

    images
    images

    त्यसैगरी अर्का कार्यपत्र प्रस्तुतकर्ता अधिवक्ता बाबुराम पाण्डेले सांसद र सरकार परिवर्तन हुँदा पुर्व सांसदहरुले पुलको काम गर्नु पर्ने धारणा अघि सारे । उनले पुर्व सांसद दलिय ह्विपबाट मुक्त हुने हुँदा ब्रम्हले देखेको गर्न सक्ने बताए । 

    कार्यक्रममा सहभागी सांसदहरूले कानून निर्माण, संसदीय अभ्यास तथा जनप्रतिनिधिको भूमिकालाई थप प्रभावकारी बनाउन पूर्व सांसदहरूको अनुभव महत्वपूर्ण हुने बताएका थिए । उनीहरूले संसदीय परम्परा र असल अभ्यासको हस्तान्तरणले प्रदेश सभाको संस्थागत विकासमा योगदान पुग्ने धारणा राखे ।

    कार्यक्रममा पूर्व सांसदहरूले आफ्नो कार्यकालका अनुभव, कानून निर्माण प्रक्रियाका चुनौती तथा संसदीय अभ्यासका विषयमा धारणा राखेका थिए । साथै, वर्तमान जनप्रतिनिधिहरूसँग अनुभव आदानप्रदानले प्रभावकारी कानून निर्माण र संसदीय अभ्यासलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।