प्रविण गाहा, गुल्मी । गुल्मीदरबार गाउपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा ढेगा विजयी भएका हुन् ।
नेकपा एमालेले तीन वटा वडामा विजयी हासिल गरेको छ ।
कांग्रेसबाट पालिका अध्यक्ष र उपाध्यक्ष विजयी हुंंदा एमालेबाट अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद भुसाल र उपाध्यक्षका उम्मेदवार शुसिल पुन पराजित भएका छन् । भुसाल र पुन गत स्थानिय निर्वाचनमा समेत पराजित भएका थिए ।
२०७४ को निर्वाचनमा समेत कांग्रेस चार वटा वडा सहित पालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएको थियो ।
कांग्रेसबाट पालिका अध्यक्ष निर्वाचित थापाले ६१६६ मत ल्याउदा एमालेका भुसालले ५६०२ मत प्राप्त भएको छ । यसरी थापाले भुसाललाई ५६४ मत अन्तरले पराजित गर्नु गरेका छन ।
कांग्रेसबाट पालिका उपाध्यक्ष विजयी ढेंगाले ६१८८ मत ल्याउदा पुनले ५५८९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयका प्रकाश थापाले जानकारी दिए । थापाले पुनलाई ५९९ मत अन्तरले पछाडी पारेकी छन् ।
यस पालिकामा कांग्रेस र एमाले दुवै पार्टीले किल्ला जोगाउने र भत्काउने दाउमा थिए । कांग्रेसले आफ्नो किल्ला जोगाउन सफल भएको छ । एमालेको पालिका पल्टाउने रणनीति सफल हुन सकेन ।
वडा नं. १ मा नेपाली कांग्रेसका राजेन्द्र प्रसाद कडेल विजयी भएका छन् । यस वडामा गत निर्वाचनमा एमाले विजयी भएको थियो ।
वडा नं. २ मा एमालेबाट विष्णु प्रसाद गौतम विजयी भएका छन् । गत निर्वाचनमा यस वडामा एमाले नै विजयी भएको थियो ।
वडा नं. ३ कांग्रेसका राम बहादुर थापा विजयी भएका छन् । गत निर्वाचनमा यस वडा कांग्रेसले नै जितेको थियो ।
वडा नं. ४ मा एमालेबाट देविराम (बावुराम) पोखरेल विजयी भएका छन् । यस वडामा गत निर्वाचनमा एमाले नै विजयी भएको थियो ।
वडा नं. ५ मा एमालेबाट गुणानिधी पौडेल विजयी भएका छन् । गत निर्वाचनमा यस वडामा कांग्रेस विजयी भएको थियो ।
वडा नंं ६ मा कांग्रेसबाट मुकेश थापा विजयी भएका छन् । गत निर्वाचनमा कांग्रेस नै विजयी भएको थियो ।
वडा नं. ७ मा कांग्रेसबाट शालिकराम टण्डन विजयी भएका छन् । गत निर्वाचन पनि यस वडामा कांग्रेस नै विजयी भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology