Logo

२०८३, आश्विन १०गते


images
images

विश्वकपमा ट्युनिसियाविरुद्ध स्विडेनको शानदार जित

विश्वकपमा ट्युनिसियाविरुद्ध स्विडेनको शानदार जित

images
  • विश्वकपमा ट्युनिसियाविरुद्ध स्विडेनको शानदार जित
    images
    images

    काठमाडौँ । स्विडेनले जारी विश्वकपमा विजयी शुरुवात गरेको छ । विश्वकपको समुह एफ अन्तर्गतको मेक्सिकोको मोन्टेरे स्टेडियममा सम्पन्न खेलमा ट्युनिसियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    स्विडेनको जितमा यासिन अयारीले २ गोल गरेका थिए भने अलेक्जेन्डर इसक, भिक्टर ग्योकेरेस र मातिआस सभानबर्गले एक एक गोल गरेका थिए । त्यस्तै ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि स्विडेन समुह एफमा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ । समुह एफमा जापान र नेदरल्याण्डसले बराबरी खेल्दै एक एक अंक हासिल गरेका छन् ।

    images
    images
    images

    अब विश्वकपमा स्विडेनले अर्को खेल जुन २० मा नेदरल्याण्डससँग र जुन २६ मा जापानसँग खेल्ने छ । त्यस्तै ट्युनिसियाले जुन २१ मा जापानसँग र जुन २६ मा नेदरल्याण्डससँग खेल्ने छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।