माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्रमा एमालेले खाता खोलेको छ। वडा न. १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा एमालेबाट रोमनाथ पौडेल निर्वाचित भएका छन् । कुल १ हजार ५ सय ६९ मत खसेकोमा पौडेल ७ सय ६८ मतसहित विजयी भएका हुन् । पौडेलले ९ मतले बाजि मार्न सफल भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी साझा गठबन्धनका फर्सबहादुर दर्लामीले ७५९ मत ल्याएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology