Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहन प्राधिकरणको आग्रह

अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहन प्राधिकरणको आग्रह

images
  • अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहन प्राधिकरणको आग्रह
    images

    काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट व्यक्तिगत मोबाइलमा आउने शंकास्पद सन्देश तथा लिंकप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

    images
    images
    images

    प्राधिकरणका अनुसार पछिल्ला दिनहरूमा मोबाइल सेवा प्रदायकहरूको नेटवर्क पूर्वाधार तथा व्हाट्सएप जस्ता ओभर द टप एपमार्फत प्रयोगकर्ताको मोबाइल नम्बरमा फिसिङ्ग लिंकसहितका निर्देशनात्मक सन्देशहरू पठाउने घटनाबारे गुनासो बढेको छ ।

    images
    images
    images

    यस्ता लिंकहरू वास्तविक जस्तै देखिने भएकाले प्रयोगकर्तामा भ्रम सिर्जना हुने र ती लिंकमा क्लिक गर्दा व्यक्तिगत विवरण चोरी हुने, अनधिकृत पहुँच हुने तथा वित्तीय ठगीजस्ता साइबर अपराध हुन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस्ता शंकास्पद सन्देश वा लिंकहरू नखोल्न, क्लिक नगर्न र प्रयोग नगर्न सबै उपभोक्तालाई हार्दिक आग्रह गरेको छ ।

    images
    images

    यस प्रकारका गतिविधिबाट सचेत रहन र कुनै पनि शंकास्पद सन्देश प्राप्त भएमा सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसएमएस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।