माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्रमा एमालेले पुनः अर्को जित निकालेको छ। वडा न.६ मा पुरै प्यानल नै विजयी भएर खाता खोलेकोमा पुन: वडा न.१ मा पनि वडा अध्यक्ष सहित पुरै प्यानल नै विजयी भएको हो। वडा अध्यक्षमा एमालेबाट नवराज वि.के निर्वाचित भएका छन् । कुल १ हजार ७ सय ३९ मत खसेकोमा वि.के ८ सय ७० मतसहित विजयी भएका हुन् । वि.के ले ९५ मतान्तरले बाजि मार्न सफल भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी साझा गठबन्धनका अमुल्य श्रेष्ठले ७ सय ७५ मत ल्याएका छन् ।
६ वटा वडा रहेको रुरुक्षेत्रमा वडा न.६ पनि एमालेले जितेको छ। अन्य वडाको मतपरिणाम आउन बाकी छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology