Logo

२०८३, आश्विन १०गते


images
images

अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा भारतको लगातार दोस्रो जित

अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा भारतको लगातार दोस्रो जित

images
  • अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा भारतको लगातार दोस्रो जित
    images
    images

    काठमाडौँ । भारतले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । 

    images
    images
    images

    गएराती सम्पन्न खेलमा भारतले दोस्रो एकदिवसीय खेल १७० रनले जित हासिल गरेको हो ।

    images
    images
    images

    भारतले दिएको ४०३ रनको विशाल लक्ष्य पछाएको अफगानिस्तान ४४.३ ओभरमा अल आउट हुदै २३२ रन मात्र बनाएको थियो । अफगानिस्तानका लागि रहमत शाहले सर्बाधिक ७९ रन बनाएका थिए भने सेदिकुल्लाह अटलले ४२ र रह्मतुल्लाह गुरबाजले ४१ रन बनाएका थिए । 

    images
    images
    images

    त्यस्तै भारतका बलर गुर्नूर ब्रार र अर्शदीप सिंहले ३-३ विकेट लिएका थिए । त्यस्तै प्रिन्स यादवले २ विकेट लिएका थिए भने वाशिंटन सुन्दरले एक विकेट लिएका थिए ।

    यसअघि भारतले टस हरेर पहिला ब्याटिंग गरेको भारतले कप्तान शुभमन गिलको १५४ र इशान किशनको १२५ रनको सहयोगले ४९.५ ओभरमा ४०२ रन बनाएको थियो । त्यस्तै अफगानिस्तानका बलर नान्गेयालिया खरोटेले ४ र रशिद खानले ३ विकेट लिएका थिए ।

    यो जितपछि भारतले ३ खेलको सिरिज २-० ले जितेको छ । अब सिरिजको तेस्रो तथा अन्तिम खेल शनिबार चेन्नईमा हुदैछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतकाे जित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।