Logo

२०८३, कार्तिक २८गते


images
images

प्रधानमन्त्रीको तर्फबाट संसद्मा अर्थमन्त्रीले जवाफ दिने

प्रधानमन्त्रीको तर्फबाट संसद्मा अर्थमन्त्रीले जवाफ दिने

images
  • प्रधानमन्त्रीको तर्फबाट संसद्मा अर्थमन्त्रीले जवाफ दिने
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आगामी आर्थिक वर्ष २०८३।८४ को वार्षिक विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ नदिने भएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत रक्षा मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने भएका छन् । 

    images
    images
    images

    प्रतिनिधिसभाको कार्यसूचीअनुसार रक्षा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा  प्रधानमन्त्री शाहले दिनुपर्नेमा अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् । 

    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने कार्यसूची थियो।

    तर ती सबै विषयमा पनि अर्थमन्त्री वाग्लेले नै संसद्मा सरकारको तर्फबाट जवाफ दिने आजको कार्यसूचीमा रहेको छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।