Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

सर्लाहीबाट ७५ बोरा फर्सीको बिउ बरामद

सर्लाहीबाट ७५ बोरा फर्सीको बिउ बरामद

images
  • सर्लाहीबाट ७५ बोरा फर्सीको बिउ बरामद
    images
    images

    सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका-२ कृष्णमन्दिरस्थित सेल्स सप्लायर्सबाट सशस्त्र प्रहरीले ७५ बोरा फर्सीको बिउ बरामद गरेको छ ।

    images
    images
    images

    स्थानीय नविन कुमार यादवको दिनकर सेल्स सप्लायर्समा अबैध रुपमा भन्डारण गरी राखिएको फर्सीको बिउ सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण सर्लाही, सीमा सुरक्षा गुल्म मलंगवा, बोर्डर आउट पोष्ट खुटौना, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।

    images
    images
    images

    सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १० सर्लाहीको टोलीले सप्लायर्समा छापा हानेको थियो । उक्त सप्लायर्सबाट बिउ बरामद गर्ने क्रममा केही स्थानीयहरु भेला भई ढुंगामुढा गरेका थिए भने सशस्त्र प्रहरीले स्थितलाई नियन्त्रणको लागि एक ग्यास सेल फायर समेत गरेको थियो ।

    images
    images
    images

    ढुंगा प्रहारबाट गणको ट्रकमा सामान्य क्षति भएको छ । बरामद बिउ सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।