Logo

२०८३, कार्तिक २८गते


images
images

देवदह-५ को सार्वजनिक सुनुवाई : ५४ लाख बढी राजस्व संकलन, शत प्रतिशत योजना कार्यान्वयन

देवदह-५ को सार्वजनिक सुनुवाई : ५४ लाख बढी राजस्व संकलन, शत प्रतिशत योजना कार्यान्वयन

images
  • देवदह-५ को सार्वजनिक सुनुवाई : ५४ लाख बढी राजस्व संकलन, शत प्रतिशत योजना कार्यान्वयन
    images

    देवदह । देवदह नगरपालिका वडा नं. ५ ले आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ५४ लाख ११ हजार ४ सय ७१ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा अध्यक्ष गणेश डुम्रेले सेवा प्रवाह र योजना कार्यान्वयनमा उल्लेख्य प्रगति भएको दावी गरे । अध्यक्ष डुम्रेले वडामा शत प्रतिशत योजना कार्यान्वयन भएको बताए । 

    images
    images
    images

    प्रतिवेदन अनुसार वडामा हाल ८३७ जना सामाजिक सुरक्षा भत्ता लाभग्राही रहेका छन् । जसमा जेष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति तथा दलित बालबालिका समावेश छन् ।

    images
    images
    images

    चालु आर्थिक वर्षको हालसम्म ८६ जन्म दर्ता, ३८ मृत्यु दर्ता, १९ सम्बन्ध विच्छेद र ४२ विवाह दर्ता भएका छन् । यस अवधिमा १४६ जना बसाइँसराइ गरेर वडामा आएका तथा ४९ जना अन्यत्र गएको वडाको तथ्यांक छ ।

    images
    images

    वडा अध्यक्ष डुम्रेले निर्वाचनपछि जनतासँग गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्ने प्रयासस्वरूप टोल विकास संस्थामार्फत योजना छनोट र कार्यान्वयनलाई प्राथमिकता दिइएको बताए । वडाको करिब ७० प्रतिशत भूभाग ऐलानी रहेको अवस्थामा अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको जग्गा नापजाँचलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए । हालसम्म २५७ जनाले जग्गाधनी प्रमाणपुर्जा प्राप्तिका लागि राजस्व बुझाइसकेको तथा १७८.४७ हेक्टर क्षेत्रफलको नापी कार्य सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

    वडा कार्यालयले नागरिकलाई सहज सेवा उपलब्ध गराउन विभिन्न निवेदनका नमुना फाराम तयार गरेको, वडागत कागजातको फोटोकपी निःशुल्क उपलब्ध गराएको तथा जनप्रतिनिधि र कर्मचारीको समन्वयमा छिटोछरितो सेवा प्रवाह गरिरहेको जनाएको छ ।

    पूर्वाधार विकासतर्फ मितेरी गाउँ मूल सडक कालोपत्रे, विभिन्न टोलमा नाला निर्माण, इन्टरलक बिछ्याउने, सिँचाइ कुलो निर्माण, कल्भर्ट निर्माण तथा धार्मिक एवं सामुदायिक संरचनाको विकासलगायतका अधिकांश योजना सम्पन्न भएका छन् । सामाजिक विकासतर्फ विद्यालय, खेलकुद, स्वास्थ्य बीमा तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    सार्वजनिक सुनुवाईको हाकाहाकी प्रश्नोत्तर सत्रमा कार्यक्रममा सहभागीहरुले सुरक्षा, सुशासन, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, विद्युत, बातावरण, फोहोरमैला व्यवस्थापन लगायतका विषयमा प्रश्न गरे । कार्यक्रममा वडावासीहरु विमल भुसाल, दुर्गा बस्याल, रुद्रमान ढकाल, अन्जु श्रेष्ठ, दुर्गा तिवारी, गोपाल प्रसाद भण्डारी, सिर्जना गैरे, टेक बहादुर राना लगायतले वडाको कार्यसम्पादन, वडा अध्यक्षको प्रतिवेदन तथा सहजीकरण गर्ने संस्था सेतोमसी मिडिया नेटवर्क प्रालिले प्रस्तुत गरेको नागरिक प्रतिवेदन र बहिर्गमित प्रतिवेदनमाथि प्रश्न, जिज्ञासा तथा सुझाव राखेका थिए । 

    वडाको कार्यसम्पादन माथि उठेका प्रश्नको जवाफ वडा अध्यक्ष गणेश डुम्रेले दिए भने अन्य क्षेत्रहरु सुरक्षा, खानेपानी, विद्युत, स्वास्थ्य, शिक्षा लगायतका प्रश्नको जवाफ क्रमश: देवदह प्रहरी चौकीका प्रमुख भीमसेन विष्ट, देवदह खानेपानीका अध्यक्ष राजन अधिकारी, नेपाल विद्युत प्राधिकरण देवदह शाखा प्रमुख राम प्रसाद पौडेल, देवदह नगर अस्पतालका प्रशासकीय प्रमुख युवराज दिशा मगर, केरवानी माध्यमिक विद्यालयका प्रधानध्यापक निर्मल ढुंगाना, युगज्योति माविका प्रधानाध्यापक यमलाल अर्याल, संस्थागत विद्यालयहरु संस्था इप्सा रुपन्देहीका अध्यक्ष विनोद थापा मगर लगायतले जवाफ दिएका थिए । 

    कार्यक्रम कै विचमा उत्कृष्ट टोल विकास संस्था तथा उपभोक्ता समितिलाई सम्मान गरेको छ । देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले उकृष्ट टोल विकास संस्था र उपभोक्ता समितिलाई सम्मान गरेको वडा कार्यालयले जनाएको छ । 

    सेतोमसी डटकमका कार्यकारी सम्पादक पवन पौडेलले सहजीकरण गरेको कार्यक्रमको औपचारीक सत्रमा वडा सदस्य शोभाकान्त भट्टराईको संचालन तथा वडा सदस्य संगीता विकको स्वागत मन्तव्य रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।