Logo

२०८३, श्रावण ३०गते


images
images

जीवन बिमा

जन्मदिनमा फजुल खर्च कटाएर छोराको जीवनबिमा

जन्मदिनमा फजुल खर्च कटाएर छोराको जीवनबिमा

images
  • जन्मदिनमा फजुल खर्च कटाएर छोराको जीवनबिमा
    images
    images

    देवदह । पर्वत जिल्लाको बिहादी गाउँपालिका-६, सेतीबेनीका मदन ज्ञवाली र सुष्मा ढकालले आफ्ना छोराको जन्मदिन बिमा योजना खरिद गरेर मनाएका छन् । छोरा रिशभ ज्ञवालीको जन्मदिनको अवसरमा भड्किलो कार्यक्रम तथा अनावश्यक खर्च नगरी भविष्य सुरक्षित गर्ने उद्देश्यका साथ मदन र सुष्माले जीवन बीमा योजना खरिद गरेका हुन् ।

    images
    images
    images

    सन्तानको उज्ज्वल भविष्यलाई ध्यानमा राख्दै उनीहरूले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, देवदह शाखा कार्यालय मार्फत १० लाख रुपैंया बराबरको बाल भविष्य जीवन बीमा योजना खरिद गरेको एजेन्सी म्यानेजर मित्रलाल न्यौपाने जानकारी दिए ।

    images
    images
    images

    अभिभावक मदन ज्ञवालीले जन्मदिनमा हुने एकदिने खर्चभन्दा सन्तानको शिक्षा, स्वास्थ्य र भविष्यको लागि बचत गर्नु उचित हुने विश्वासका साथ बीमा योजना रोजेको बताए । उनले भने, ‘जन्मदिनमा हुने खर्च क्षणिक हुन्छ, तर आज गरिएको बचतले भोलि सन्तानको भविष्य सुरक्षित बनाउन ठूलो भूमिका खेल्छ ।’

    images
    images
    images

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, देवदह शाखाकी शाखा प्रमुख विनिता श्रीसले बालबालिकाको भविष्य सुरक्षित गर्न अभिभावकहरूले समयमै बचत तथा जीवन बीमा योजनामा सहभागी हुनुपर्ने बताइन् । उनले सानो बचतले भविष्यमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले यस्ता योजनाप्रति आकर्षण बढ्दै गएको उल्लेख गरिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीवनबिमा
  • # जन्मदिन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।