देवदह । देवदह नगरपालिका वडा नं ४ भवानीपुर निवासी मिलन पाण्डेले आफ्नो जन्मदिनमा न्युन आर्थिक अवस्था भएको परिवारको स्वास्थ्य विमा गरेर गरिदिएका छन् । आफ्नो २८औं जन्मदिनमा आफ्नै वडाको प्रगतिटोल बस्ने एक परिवारको स्वास्थ्य विमा गरिदिएर मनाएको पाण्डेले बताए ।
नेपाल सरकारले लागू गरेको स्वास्थ्य विमा कार्यक्रम र त्यसको आवश्यकता, अनिवार्यता, समाज विकास, रुपान्तरण मात्र भौतिक क्षेत्रको विकास गरेर मात्र नहुने र जनताको दैनिकीसंग सम्वन्धित हुने कठिनाईलाई सहज बनाउन आफुले भुमिका निर्वाह गरेको उनले बताए।
स्वास्थ्यलाई राज्यले नै संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरेको भएतापनि स्थानिय सरकारले व्यवस्था बमोजिमको स्वास्थ्य विमा कार्यक्रमलाई महत्वको रुपमा नहेरीनु जनतासंग त्यसको महत्व को वारेमा जनतालाई सु–सुचित नगरिनु, निम्न आयस्तर भएका जनतालाई नगर स्तरीय कार्यविधी बनाई वडासंगको समन्वयमा आवश्यकताको आधारमा बजेट मार्फत नै सम्वोन्धन नगरिनु दुखद पक्ष रहेको उनको भनाई छ ।
यस अघिका जन्मदिन खानपान गरेर अरुले जस्तै गरि बनाउने गरेको भएपनि यो पटकबाट फरक शैलीले मनाउँने सोंच पलाएको र सोही अनुसार जन्मदिन मनाएको उनले सेतोमसीलाई बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology