Logo

२०८३, आश्विन १०गते


images
images

रुरुक्षेत्र ५ को अध्यक्षमा माओवादी नेता ज्ञवाली दोस्रो कार्यकालका लागि निर्वाचित

रुरुक्षेत्र ५ को अध्यक्षमा माओवादी नेता ज्ञवाली दोस्रो कार्यकालका लागि निर्वाचित

images
  • रुरुक्षेत्र ५ को अध्यक्षमा माओवादी नेता ज्ञवाली दोस्रो कार्यकालका लागि निर्वाचित
    images
    images

    माधव ज्ञवाली, गुल्मी । गुल्मीको रुरुक्षेत्र  गाउँपालिका वडा न.५ को वडा  अध्यक्षमा संयुक्त  गठबन्धनका साझा उम्मेदवार हरिप्रसाद ज्ञवाली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

    images
    images
    images

    सोमबार सम्पन्न अन्तिम मत परिणाम अनुसार ज्ञवाली  वडा अध्यक्षमा १ हजार १ सय ९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेता पदमलाल श्रेष्ठले ७ सय ९२  मत प्राप्त गरे । ज्ञवाली नेकपा माओवादी केन्द्रका नेता हुन् । ज्ञवालीले ३ सय १७ मतको फराकिलो अन्तरले श्रेष्ठलाई पराजित गरेका हुन् ।

    images
    images
    images

    यता गाउँपालिका अध्यक्षमा संयुक्त गठबन्धनका नेता यदु ज्ञवालीले आफ्नो अग्रता कायम राखेका छन् ।वडा न.३ को मत गणना भइरहेको पछिल्लो मत परिणाममा यदु ज्ञवालीले नेकपा एमालेका हिमाल श्रेष्ठलाई पछि पार्दै अग्रता कायम गरेका हुन् । उपाध्यक्षमा भने एमाले बाट मिना देवि गौतमले गठबन्धनककि  उम्मेदवार दुर्गा ज्ञवाली लाई पछि पार्दै आफ्नो अग्रता कायम गरेकी छन् ।

    images
    images
    images

    रुरुक्षेत्रमा नेकपा एमालेले ३ वटा वडा जितिसकेको छ। वडा न.१,२ र ६ मा एमालेको पुरै प्यानलै विजयी भएको हो। वडा न.३ मा पनि नेकपा एमालेले वडामा आफ्नो अग्रता कायम गरेको छ, अन्तिम मत परिणाम भने आउन बाकी छ। वडा न.४ को मत गणना बाकी रहदा त्यहा आउने मत परिणामलाई निकै महत्वका साथ हेरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।