देवदह । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको कक्षा १२ को परीक्षामा महामाया भवानी माध्यमिक विद्यालयले ८८.८८ प्रतिशत नतिजा हासिल गरेको छ ।
विद्यालयका अनुसार कक्षा १२ को परीक्षामा १८ जना विद्यार्थी सहभागी भएकोमा १६ जना उत्तीर्ण भएका छन् ।
विद्यालयका छात्रा समीर कँडेलको ३.८६ जिपिए रहेको विद्यालयले जनाएको छ । कँडेलले प्राप्त गरेको ३.८६ जिपिए देवदह नगरपालिकामै सर्वाधिक रहेको विद्यालयको दावी छ ।
यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ३१ हजार ७७० विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा २ लाख ६८ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत, आंशिकतर्फ ४२.३८ प्रतिशत तथा समग्रमा ६४.१३ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको ३५ दिनमै सार्वजनिक गरिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology