रूपन्देही। देवदहको महामाया भवानी माध्यमिक विद्यालयले साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक सहित प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मासंग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रममा बोल्दै सांसद विश्वकर्माले देवदहका केही विद्यालय नमुना विद्यालयको रुपमा रहेकोले अन्य विद्यालयले पनि अनुसरण गर्ने गरी अगाडि बढ्न आवश्यक रहेको बताए । उनले गुणस्तर शिक्षाको लागि शिक्षा नीति आवश्यक रहेकोले सवै क्षेत्रको सुझावको आधारमा शिक्षा नीति बनाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । विश्वकर्माले देशमा अहिले अर्थतन्त्र कमजोर रहेपनि शिक्षा क्षेत्रमा नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए । सिमित स्रोत साधानका बीच पनि महामाया भवानी माध्यमिक विद्यालयले राम्रो प्रगति गरेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन उनले आग्रह गरेका थिए ।
तस्तै देवदह नगरप्रमुख धुर्व खरेलले सामुदायिक विद्यालयमध्ये महामाया भवानी मा.वि. नगरकै उत्कृष्ट विद्यालयको सूचीमा रहेको बताए । विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि नगरपालिका र आफू प्रतिबद्ध रहेको बताउँदै नगरप्रमुख खरेलले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताए । उनले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउँदै यसका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने बताए । यसका लागि स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफू सदैव तयार रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ऋषिश्वर आर्यालले सांसद विश्वकर्मालाई ११ बुधे माग पत्र समेत हस्तातरण गरेको थिए ।
यस्तो छ ११ बुधे माग पत्र
१. बालविकासदेखि १२ कक्षा दिवा सत्रमा सञ्चालनार्थ तत्काल कक्षाकोठाको अभाव भएकाले ८ कोठे भवन निर्माण
२. प्रत्येक विद्यार्थीले आनन्दपूर्वक बसेर खाजा खान मिल्ने चमेना गृह तथा दिवा खाजा व्यवस्थापनार्थ आवश्यक पूर्वाधारसहितको भवन निर्माण
३. विद्यालयको प्रवेशद्वारदेखि कक्षाकोठासम्म पुग्न हिलो र धुलोरहित टायलयुक्त बाटो निर्माण
४. विद्यार्थी, शिक्षक तथा अभिभावकका सवारी साधन व्यवस्थित पार्किङका लागि पर्किङ ट्रस्ट निर्माण
५. विद्यालयले भोगचलन गर्दै आएको जग्गाको संरक्षणार्थ ग्याबिनसहितको कम्तीमा ८०० मिटर वाल निर्माण
६. आवश्यक सुविधायुक्त छुट्टै पुस्तकालय भवन निर्माण
७. प्रत्येक कक्षामा अत्याधुनिक बालमैत्री फर्निचरको व्यवस्था
८. आकर्षक र आधुनिक खेल सामग्रीयुक्त फूलबारी सहितको बाल उद्यान (kids Garden) निर्माण
९. खेलकुदमा अब्बल विद्यार्थी उत्पादन गर्न ब्याडमिन्टन, बास्केटबल, भलिबल र टेबलटेनिसको आवश्यकीय पूवार्धार निर्माणक
१०. सिकाइलालाई प्रविधिमैत्री बनाउँदै विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न ६ देखि १२ सम्मका हरेक कक्षामा प्रोजेक्टर, स्मार्टबोर्ड तथा सिसी क्यामेराको व्यवस्था
११. यथेष्ठ कम्प्युटर भएको इन्टरनेट जडित कम्प्युटर ल्याव तथा पयाप्त उपकरणसहितको अत्याधुनिक विज्ञान प्रयोगशाला निर्माण
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology