Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएल

आइपिएल खेलाडी ट्रेडिङ : पन्त दिल्ली फर्किने र कुलदीप लखनउ जाने, कोच बन्दै युवराज

आइपिएल खेलाडी ट्रेडिङ : पन्त दिल्ली फर्किने र कुलदीप लखनउ जाने, कोच बन्दै युवराज

images
  • आइपिएल खेलाडी ट्रेडिङ : पन्त दिल्ली फर्किने र कुलदीप लखनउ जाने, कोच बन्दै युवराज
    images
    images

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२७ अघि दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच ठूलो खेलाडी आदानप्रदान हुने सम्भावना देखिएको छ ।

    images
    images
    images

    रिपोर्ट अनुसार विकेटकिपर ब्याटर ऋषभ पन्तको दिल्लीमा पुनरागमन लगभग निश्चित भएको छ । यसका लागि उनी आफ्नो २७ करोड रुपैयाँ पारिश्रमिकबाट करिब १२ करोड रुपैयाँ कटौती गर्न समेत तयार भएका छन्।

    images
    images
    images

    यससँगै स्पिनर कुलदीप यादव लखनउ सुपर जायन्ट्समा आबद्ध हुने चर्चा छ । साथै, पूर्व भारतीय अलराउन्डर युवराज सिंह पनि पहिलो पटक आईपिएलमा प्रशिक्षक समूहको भूमिकामा देखिन सक्ने सम्भावना रहेको छ ।

    images
    images
    images

    दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले खेलाडी आदानप्रदानको प्रस्ताव भारतीय क्रिकेट नियन्त्रण बोर्डसमक्ष पठाइसकेको बताइएको छ । बोर्डबाट स्वीकृति प्राप्त भएमा पन्त दिल्ली फर्किनेछन् भने कुलदीप लखनउमा आबद्ध हुनेछन् ।

    लखनउले २०२५ को मेगा अक्सनमा पन्तलाई कीर्तिमानी २७ करोड भारुमा अनुबन्ध गरेको थियो, जुन आईपिएल इतिहासकै सबैभन्दा ठूलो बोली थियो । यही ठूलो पारिश्रमिक नै उनको स्थानान्तरणको मुख्य बाधा बनेको थियो, किनभने कुनै पनि टोलीका लागि यति ठूलो रकम तिरेर खेलाडी अनुबन्ध गर्न सहज मानिएको थिएन ।

    तर, पन्तले आफैंले यो स्थानान्तरण सम्भव बनाउन आफ्नो पारिश्रमिक घटाउन सहमति दिएको बताइएको छ । अब उनले करिब १५ करोड मात्र प्राप्त गर्ने सम्भावना छ । अर्थात् उनले करिब १२ करोड कटौती स्वीकार गरेका छन् । यसलाई गत सिजन रविन्द्र जडेजाले राजस्थान रोयल्समा आबद्ध हुँदा अपनाएको कदमसँग तुलना गरिएको छ ।

    पन्त सन् २०१६ देखि २०२४ सम्म दिल्ली क्यापिटल्समा आबद्ध थिए । उनले यस अवधिमा १११ खेल खेलेका थिए भने तीन सिजनमा ४३ खेलमा टोलीको कप्तानी समेत गरेका थिए । तर, २०२५ को मेगा अक्सनअघि सहमालिक समूहसँग केही मतभेद भएपछि उनलाई टोलीले रिलिज गरेको थियो ।

    अब आगामी दुई वर्षसम्म फ्रेन्चाइजीको सञ्चालन जिम्मेवारी जेएसडब्लु समूहको हातमा रहनेछ । सह मालिक पार्थ जिन्दल पन्तका लामो समयदेखिका समर्थक मानिन्छन् र उनको पुनरागमनमा पनि उनको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । यद्यपि दिल्ली फर्किए पनि पन्त कप्तान बन्ने विषय भने निश्चित भइसकेको छैन । कप्तानीबारे टोली व्यवस्थापनले छुट्टै निर्णय लिन सक्ने बताइएको छ।

    पन्तको लखनउबाट बहिर्गमन भने धेरै अघिदेखि नै तय भएको मानिएको थियो । आईपिएल २०२६ सिजन सकिनुअघि नै सबै पक्षबीच उनले कप्तानी छाड्ने सहमति भएको बताइएको छ ।

    उनको कप्तानीमा लखनउले लगातार दुई सिजन अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । टोली २०२५ मा सातौँ र २०२६ मा दसौँ स्थानमा सीमित रह्यो । पन्तको कप्तानीमा लखनउले २८ खेल खेलेको थियो, जसमा १० खेलमा मात्र जित हासिल गरेको थियो । २०२६ सिजनमा उनले ब्याटबाट ३१२ रन मात्र बनाउन सकेका थिए ।

    यसपछि टोली व्यवस्थापनले नयाँ कप्तान आवश्यक रहेको निष्कर्ष निकालेको र त्यससँगै उनको बहिर्गमनको बाटो खुलेको बताइएको छ ।

    खेलाडी आदानप्रदानअन्तर्गत कुलदीप यादव लखनउ सुपर जायन्ट्समा जाने चर्चा छ । उनको पारिश्रमिकमा कुनै परिवर्तन नहुने र उनी हालको १३ करोड २५ लाखको सम्झौतामै टोलीमा आबद्ध हुनेछन् ।

    यो परिवर्तन कुलदीपका लागि पनि एक प्रकारको घर फर्काइ जस्तै हुनेछ । उनले घरेलु क्रिकेट उत्तर प्रदेशबाट खेलेका छन् भने पन्त दिल्लीका खेलाडीका रूपमा परिचित छन् ।

    कुलदीप यसअघि मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबाट आईपिएल खेलिसकेका छन् । यदि यो सम्झौता पूरा भएमा उनको करियरमा यो तेस्रो फ्रेन्चाइजी परिवर्तन हुनेछ ।

    दिल्ली क्यापिटल्सको सहयोगी प्रशिक्षक समूहमा पनि ठूलो परिवर्तन हुन सक्ने बताइएको छ । विभिन्न रिपोर्टअनुसार पूर्व भारतीय अलराउन्डर युवराज सिंह टोलीको प्रशिक्षक समूहमा आबद्ध हुन सक्छन् । यदि त्यसो भयो भने यो उनको पहिलो औपचारिक प्रशिक्षक कार्यकाल हुनेछ ।

    युवराजले पछिल्ला केही वर्षमा धेरै युवा खेलाडीका मार्गदर्शकका रूपमा काम गरिसकेका छन् । उनले अभिषेक शर्मा, प्रभसिमरन सिंह, अब्दुल समद, सञ्जु सामसन, ऋषभ पन्त र प्रियान्श आर्यासँग काम गरेका छन्। यी खेलाडीको प्राविधिक तथा मानसिक तयारीमा युवराजको योगदानबारे धेरै चर्चा हुने गरेको छ ।

    युवराजले आफ्नो आईपिएल करियरमा पञ्जाब किङ्स, पुणे वारियर्स, रोयल च्यालेन्जर्स बेङ्गलुरु, दिल्ली, सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबाट खेलेका थिए । उनले पञ्जाब र पुणे वारियर्सको कप्तानी समेत सम्हालेका थिए ।

    जेएसडब्लु समूहले व्यवस्थापन सम्हालेसँगै सौरभ गांगुलीको भूमिका पनि बढ्न सक्ने बताइएको छ । उनी फ्रेन्चाइजीका क्रिकेट मामिलाका प्रमुखका रूपमा पुनः सक्रिय हुन सक्छन् । युवराजलाई टोलीमा भित्र्याउने प्रयासमा पनि उनको महत्वपूर्ण भूमिका रहेको चर्चा छ ।

    गांगुलीको पुनरागमनसँगै पछिल्ला दुई सिजनदेखि मुख्य प्रशिक्षक रहेका हेमाङ्ग बदानीको भूमिका समाप्त हुन सक्ने सम्भावना छ । बदानी र कप्तान अक्षर पटेलको नेतृत्वमा दिल्लीले आईपिएल २०२६ मा उत्कृष्ट सुरुआत गरेको थियो । तर दोस्रो चरणमा टोलीको प्रदर्शन खस्किएपछि टोली छैटौँ स्थानमा सीमित हुँदै प्लेअफ दौडबाट बाहिरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।