Logo

२०८३, आश्विन ११गते


images
images

आइपिएलमा चेन्नईमाथि गुजरातको फराकिलो जित

आइपिएलमा चेन्नईमाथि गुजरातको फराकिलो जित

images
  • आइपिएलमा चेन्नईमाथि गुजरातको फराकिलो जित
    images
    images

    काठमाडौँ ।  गुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले चेन्नईलाई ८९ रनले पराजित गरेको हो ।   

    images
    images
    images

    गुजरातले दिएको २३० रनको लक्ष्य पछाएको चेन्नईले १३.४ ओभरमा अल आउट हुदै १४० रन मात्र बनाएको थियो । चेन्नईका लागि शिभम दुवेले सर्बाधिक ४७ रन बनाए भने माथ्यु शर्टले २४ र कार्तिक शर्माले १९ रन बनाए ।  त्यस्तै गुजरातका बलर मोहमद सिराज, कागीसो रबाडा र रशिद खानले ३-३ विकेट लिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै २२९ रन बनाएको थियो । 

    images
    images
    images

    गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ८४ रन बनाए भने कप्तान शुभमन गिलले ६४ र जोस बटलरले ५७ रन बनाएका थिए । 

    यो जितपछि गुजरातले लिग चरणका सबै खेल खेल्दै १४ खेलमा १८ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ ।  गुजरात प्लेअफका लागि छनौट भएको छ र कुन स्थानमा हुन्छ भन्ने अन्य खेलको नतिजापछि तय हुने छ । 

    त्यस्तै चेन्नईको यस सिजनको यात्रा भने समाप्त भएको छ ।  चेन्नईले १४ खेलमा ६ जित र ८ हारसहित १२ अंक हासिल गरेर यो सिजन समाप्त गरेको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।