Logo

२०८३, श्रावण ३०गते


images
images

दुर्घटना

दोलखामा कार दुर्घटना हुँदा ६ जना घाईते

दोलखामा कार दुर्घटना हुँदा ६ जना घाईते

images
  • दोलखामा कार दुर्घटना हुँदा ६ जना घाईते
    images
    images

    दोलखा । दोलखाको भीमेश्वर नगरपालिका-०६ भुतपोखरी स्थित चरिकोट-कालिञ्चोक सडक-खण्डमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

    images
    images
    images

    मंगलबार दिउँसो करिब २: ३० बजेको समयमा कालिञ्चोक मन्दिरको दर्शन गरी चरिकोटतर्फ आउँदै गरेको बा १५ च १४९२ नम्बरको कार ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब १३ मिटर तल खसेर दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा काठमाडौं शंकरापुर नगरपालिका-०२ बस्ने ६५ वर्षीय सन्त नासुर, सोही ठेगाना भएका ५५ वर्षीया राम्री नासुर, २२ वर्षीया अनिता नासुर, १२ वर्षीय सुजन नासुर, ८ वर्षीय सुजित नासुर तथा २२ वर्षीया सुनिता तामाङ घाइते भएका छन् ।

    images
    images
    images

    सबै घाइतेहरूको च्छोरोल्पा अस्पताल, चरिकोटमा उपचार भईरहेको छ । कार चालक शंकरापुर नगरपालिका-०३ बस्ने २१ वर्षीय निरज तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कार दुर्घटना
  • # दोलखा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।