Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा आउँदै गरेको कार दुर्घटनाः एकको मृत्यु,  सात जना घाइते

पोखरा आउँदै गरेको कार दुर्घटनाः एकको मृत्यु,  सात जना घाइते

images
  • सेतोमसी सहकर्मी
  • पोखरा आउँदै गरेको कार दुर्घटनाः एकको मृत्यु,  सात जना घाइते
    images
    images

    पोखरा । अर्घाखाँचीबाट पोखरा आउँदै गरेको कार दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

    images
    images
    images

    मृत्यु हुनेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका वडा नं ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्री रहेका छन् ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका बालकको अर्घाखाँची अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा घाइतेहरू सबै पोखराका छन् । पोखरा महानगरपालिका वडा नं. १२ की ३० वर्षीय सविता अधिकारी, १५ वर्षका प्रज्वल कँडेल, ४२ वर्षकी गीता कँडेल र १० वर्षका जेसन बस्नेत घाइते भएका हुन् । उनीहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    कार पाणिनी गाउँपालिका वडा नं. ९ कोलडाँडामा दुर्घटना भएको हो । क्षमता भन्दा बढी यात्रु बोकेर तीव्र गतिमा गुडिरहेका ग३च ४५७४ नम्बरको कार घुम्ती-पाल्पा सडक खण्डको कोलडाँडाको ओरालोमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    सो दुर्घटनामा चालक ३४ वर्षका ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीय सम्झना र उनका छोरा इभान्स पनि घाइते छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कार दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।