Logo

२०८३, श्रावण ३०गते


images
images

पाथिभरा दर्शन गरी फर्कने क्रममा कार दुर्घटना, एकको मृत्यु

पाथिभरा दर्शन गरी फर्कने क्रममा कार दुर्घटना, एकको मृत्यु

images
  • पाथिभरा दर्शन गरी फर्कने क्रममा कार दुर्घटना, एकको मृत्यु
    images
    images

    काठमाडौं । पाँचथरको फिदिम नगरपालिकास्थित कान्छि दोकान नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

    images
    images
    images

    शुक्रबार बेलुका ताप्लेजुङको पाथिभरा तिर्थयात्रा गरी फर्कने क्रममा प्रदेश १-०१-००१ च ९३४९ नम्बरको कार मेचिराजमार्ग सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा झापा बिर्तामोड नगरपालिका-४ नमुना टोल निवासी १८ वर्षीय रश्मा भुजेलको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ४० वर्षीय सिता भुजेल, ४५ वर्षीय राजु भुजेल र ३९ वर्षीय मिना भुजेल गम्भीर घाइते भएका छन्। १३ वर्षीय राजमोहन भुजेल सामान्य घाइते भएको र उनीहरू एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ।
     बाक्लो हुस्सुसँगै वर्षा भइरहेको बेला सडकबाट चिप्लिएर कार खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घाइतेहरूलाई थप उपचारको लागि बिर्तामोड रिफर गरिएको प्रहरीको भनाइ छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कार दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।