प्रिन्स मिश्रा बहादुरगन्ज कपिलवस्तु । नेपाल सरकारले जारी गरेको लक डाउन कपिलवस्तुको बहादुरगंजमा निकै सशक्त बनेको छ । नेपाल सरकार, गृह मन्त्रालयकाे निर्देशनमा सवारीसाधन र यात्रुलाई आवागमनमा निकै निगरानी गरिएको छ ।
निगरानी गर्न इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक गगन शाही , प्रहरी सहायक निरीक्षक विशाल जीसी र ट्राफिक हवलदार यम प्रसाद न्यौपाने सहितको टाेलीले आफै सडकमा खटी ड्युटी गरेका छन l
बहादुरगंज क्षेत्रमा लकडाउन झनै कडा बन्दै गएको भन्न सकिन्छ । एम्बुलेन्स शववाहन, दैनिक अत्यावश्यक खाद्य प्रयोजन ढुवानीका मालबाहक गाडीहरु , बिरामी लगायतलाई मात्रै आवागमन गर्न र अनआवश्यक रूपमा चलेका मोटरसाइकल , गाडीहरुलाई नियंत्रणमा लिएर निर्देशन दिइएको र उप्रान्त भेटिएमा कार्यवाही गरिने इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक गगन शाहीले जानकारी दिनुभएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology