गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली विजयी भएका छन् । अध्यक्षमा निर्वाचित ज्ञवालीले ५ हजार ८१७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत ल्याएका छन् ।
अध्यक्ष जितेपनि गठबन्धनले उपाध्यक्ष भने गुमाएको छ ।
उपाध्यक्षमा नेकपा एमालेकी मिनादेवी गौतम निर्वाचित भएका छन् । गौतम ५ हजार ४५१ मतसहित निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६४६ मत पाएकी छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology