Logo

२०८३, श्रावण ३१गते


images
images

देवदहमा सञ्चालित 'गर्ल फस्ट फण्ड परियोजना'को सार्वजनिक सुनुवाइ सम्पन्न

देवदहमा सञ्चालित 'गर्ल फस्ट फण्ड परियोजना'को सार्वजनिक सुनुवाइ सम्पन्न

images
  • देवदहमा सञ्चालित 'गर्ल फस्ट फण्ड परियोजना'को सार्वजनिक सुनुवाइ सम्पन्न
    images
    images

    देवदह । बालविवाह न्यूनीकरण तथा बालअधिकार प्रवर्द्धनका लागि सञ्चालन भइरहेको गर्ल फस्ट फण्ड परियोजनाको दुई वर्षे कार्यक्रमको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

    images
    images
    images

    सोईया महिला स्वावलम्बी संस्थाद्वारा सञ्चालित परियोजनाअन्तर्गत देवदहका सात विद्यालयमा दुई वर्षको अवधिमा ७१ लाख २०० रुपैयाँ खर्च गरी बालअधिकार संरक्षण, बालविवाह न्यूनीकरण तथा किशोरी सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको छ ।

    images
    images
    images

    संस्थाकी परियोजना प्रमुख निर्मला भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बालबालिकाको क्षमता विकास, विद्यालयमा बाल क्लब गठन, नियमित बैठक सञ्चालन, बालविवाहबारे धर्मगुरुसँग अन्तरक्रिया तथा अभिभावक, शिक्षक र जनप्रतिनिधिसँग सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

    images
    images
    images

    सेतोमसी मिडिया नेटवर्क प्रालिको सहजीकरणमा आयोजित कार्यक्रममा १११ जना बालबालिकामाझ गरिएको सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गर्नुका साथै परियोजनाको प्रभावकारिताबारे प्राप्त प्रतिक्रियासमेत सार्वजनिक गरिएको थियो ।

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले गर्ल फस्ट फण्ड परियोजनाले बालबालिकाको क्षेत्रमा स्थानीय सरकारले गर्नुपर्ने काममा समेत सहयोग पुर्‍याएको बताइन् । उनले नगरपालिका पनि बालमैत्री स्थानीय शासन तथा बालबालिकाको अधिकार संरक्षणका क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै परियोजनाले समाज रूपान्तरणमा सकारात्मक योगदान दिएको बताइन् ।

    कार्यक्रममा देवदह-३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, भविष्य निर्माण माविका प्रधानाध्यापक गोविन्द भुसाल तथा नगर बाल संजाल अध्यक्ष नन्दनी अग्रहरीले परियोजनाले बालविवाह न्यूनीकरण र बालअधिकार प्रवर्द्धनमा खेलेको भूमिकाको चर्चा गरेका थिए ।

    संस्थाकी व्यवस्थापक मेनुका न्यौपानेले परियोजना अवधिमा सञ्चालन गरिएका गतिविधि तथा प्राप्त उपलब्धिबारे जानकारी गराएकी थिइन् ।

    कार्यक्रममा प्रस्तुत प्रगति प्रतिवेदन र सर्वेक्षण प्रतिवेदनमाथि सहभागीहरूले जिज्ञासा राखेका थिए भने सम्बन्धित प्रस्तोताले त्यसको जवाफ दिएका थिए । 

    कार्यक्रममा परियोजनासम्बन्धी भिडियोसमेत प्रदर्शन गरिएको थियो ।

    संस्थाकी अध्यक्ष केशु माया श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेलको सहजीकरण रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्वजनिक सुनुवाइ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।