Logo

२०८३, श्रावण ३१गते


images
images

धुर्कोटलाई नमुना पालिका बनाउँन २५ बर्षे रणनीति अनुसार काम गरेका छौँ : अध्यक्ष पोखरेल

धुर्कोटलाई नमुना पालिका बनाउँन २५ बर्षे रणनीति अनुसार काम गरेका छौँ : अध्यक्ष पोखरेल

images
  • धुर्कोटलाई नमुना पालिका बनाउँन २५ बर्षे रणनीति अनुसार काम गरेका छौँ : अध्यक्ष पोखरेल
    images
    images

    गुल्मी । धुर्कोटलाई देशकै नमूना पालिका बनाउँन गाउँपालिकाले २५ बर्षे रणनीति बनाएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताएका छन् । पालिकाको वडा नं. १ को सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेल हाल आफुहरू नमुना धुर्कोटको जग निर्माणमा लागिरहेको बताएका हुन् ।

    images
    images
    images

    वडा नं. १ मा विनियोजित बजेट तथा नीति कार्यक्रम र सेवा प्रवाह सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाइमा वडाबासीका प्रश्नहरू जवाफ दिंदै पोखरेलले धुर्कोट नेपालमै उत्कृष्ट काम गर्ने तेस्रो पालिका र लुम्बिनी प्रदेशको पहिलो पालिका भए पनि धेरै काम रहेको उल्लेख गरे । पालिकाको सिमित स्रोत र साधनविच काम गर्नुपर्ने भएको हुनाले केही असहजता भएपनि पालिकावासीको निरन्तर खबरदारीले नेतृत्वलाई काम गर्न उत्साहित गरिरहने बताए ।

    images
    images
    images

    कार्यक्रममा वडावासीको जवाफ दिंदै वडाअध्यक्ष चेतमान कुँवरले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत समग्र वडाको विकासका लागि आफुहरूले काम गरिरहेको बताए । विधि र प्रक्रियाभित्र रहेर इमानदारिताका साथ काम गरे नयाँगाउँको विकास गर्न सकिने उनको भनाइ थियो ।

    images
    images
    images

    सेतोमसीको संचालन एवं सहजीकरणमा सपन्न उक्त कार्यक्रममा गाउँ कार्यपालिका सदस्य, वडा सचिव, वडासदस्य, वडामा क्रियाशिल टोलविकास संस्था, शिक्षक, समाजसेवी, बुद्धिजीवी, प्रहरी, स्वास्थ्यकर्मी लगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।