Logo

२०८३, श्रावण ३१गते


images
images

गुल्मीको धुर्कोट अध्यक्षमा माओवादी केन्द्रका पोखरेल र उपाध्यक्षमा एमालेकी गिरी विजयी

गुल्मीको धुर्कोट अध्यक्षमा माओवादी केन्द्रका पोखरेल र उपाध्यक्षमा एमालेकी गिरी विजयी

images
  • गुल्मीको धुर्कोट अध्यक्षमा माओवादी केन्द्रका पोखरेल र उपाध्यक्षमा एमालेकी गिरी विजयी
    images
    images

    गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल विजयी भएका छन् । माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत ल्याएका छन् ।

    images
    images
    images

    त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित गिरीले ६ हजार १ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३ हजार ४८८ मत ल्याए ।

    images
    images
    images

    पोखरेल यस अघि २०७४  पनि माओवादी केन्द्रबाट धुर्कोट अध्यक्षमा निर्वाचित भएका थिए । गत कार्यकालमा उनले नेतृत्व गर्दा कार्यसम्पादन मुल्यांकनमा धुर्कोट गाउँपालिका देशकै तेस्रो र लुम्बिनी प्रदेशको पहिलो उत्कृष्ट पालिका ठहरिएको थियो ।

    images
    images
    images

    सुरुवाती चरणमा कांग्रेस र माओवादी विछ गठबन्धन हुने भनिएपनि कांग्रेसले अध्यक्षमा दावी नछोडेपछि माओवादीले एक्लै उम्मेदवारी दिएको थियो । पछि नेकपा एमालेले अध्यक्षमा पोखरेललाई समर्थन गरि माओवादीले उपाध्यक्षमा गिरिलाई समर्थन गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।