Logo

२०८३, श्रावण ३१गते


images
images

धुर्कोट गाउँपालिकाका ४ निर्णय :  बीमादेखि विद्युतिय चुलो हुँदै आवासीय शिक्षासम्म

धुर्कोट गाउँपालिकाका ४ निर्णय :  बीमादेखि विद्युतिय चुलो हुँदै आवासीय शिक्षासम्म

images
  • धुर्कोट गाउँपालिकाका ४ निर्णय :  बीमादेखि विद्युतिय चुलो हुँदै आवासीय शिक्षासम्म
    images
    images

    गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले आगामी ५ वर्षमा जनताका हरेक घरको बीमा, विद्युतीय चुलो, प्राविधिक शिक्षाका लागि छात्रवृत्ति र असहायलाई आवासीय शिक्षा दिने काम प्राथमिकतामा राखेर सम्पन्न गर्ने भएको छ ।

    images
    images
    images

    दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष भुपाल पोखरेलले सोमबार पदभार ग्रहण गर्दै जनजिविकासँग जोडिएका मुख्य चार कुरालाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने निर्णय लिएका हुन् ।

    images
    images
    images

    उनले जनतालाई विद्युतीय चुलोमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाउने विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने  बताएका छन् ।

    images
    images
    images

    त्यस्तै दलित परिवारका छोराछोरीलाई एसईईपछिको ३ वर्षे प्राविधिक शिक्षामा १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति र बुबाआमा गुमाएका २० जना विद्यार्थीलाई कक्षा १२ सम्म आवासीय शिक्षा सुनिश्चित गर्ने पनि आफ्नो प्राथमिकतामा रहेको पोखरेलले बताए ।

    प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई राहत दिन हरेक घरको बीमा गर्न ५० प्रतिशत अनुदान दिनेकार्यलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने  लगायतका विषय प्राथमिकतामा रहेको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।