Logo

२०८३, श्रावण ३१गते


images
images

धुर्कोटले शहीद दिवसरमा आयोजना गरेको व्याडमिण्टन प्रतियोगिताको समापन 

धुर्कोटले शहीद दिवसरमा आयोजना गरेको व्याडमिण्टन प्रतियोगिताको समापन 

images
  • धुर्कोटले शहीद दिवसरमा आयोजना गरेको व्याडमिण्टन प्रतियोगिताको समापन 
    images
    images

    धुर्कोट । धुर्कोट गाउँपालिकाको आयोजनामा शहीद दिवसरको अवसरमा आयोजना भएको व्याडमिण्टन प्रतियोगिताको समापन भएको छ । धुर्कोट गाउँपालिकाको वडा न‌‌‍‍ ४ मा रहेको कालापोखरा कभर्ड हलमा माघ १५ र १६ गते २ दिनसम्म संचालन भएको व्याडमिण्टन प्रतियोगिताको समापन भएको हाे। 

    images
    images
    images

    प्रतियोगिता गाउँपालिका स्तरीय खुल्ला. वडा स्तरीय A Level र B Level गरी ३ चरणमा खेलाइएको थियो । जसमा गाउँपालिका स्तरीय खुल्लामा कृष्ण राना र अप्सन घ‍र्ती मगरको टिम प्रथम, ऐलेक्स क्षेत्री र माधव विष्‍टको समुह द्वितिय र भेष बहादुर घर्ती मगर र पदम बहादुर विष्‍टको समुह तृतीय भएको थियो । त्यस्तै वडा स्तरीय A Level मा ऐलेक्स क्षेत्री र हरि कुँवरको टिम प्रथम, कृष्‍ण राना र अप्सन घर्ती मगरको टिम द्वितिय र माधव विष्‍ट र भेष बहादुर घर्ती मगरको टिम तृतीय भएको थियो । वडा स्तरीय B Level तर्फ नविन भण्डारी र ऋषिराम पाण्डेको समुह प्रथम, भुपाल पोखरेल र खड्क बहादुर थापाको समुह द्वितिय र सागर पोखरेल र नारायण श्रीसको समुह तृतीय भएका थिए सबै चरणमा प्रथम, द्वितिय र तृतीय हुन सफल खेलाडीहरुलाई नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । 

    images
    images
    images

    प्रतियोगिताको इमर्जिङ्ग खेलाडिको रुपमा सागर पोख्रेल सम्मानीत भएका थिए । 

    images
    images
    images

    २ दिन सम्म संचालन भएको प्रतियोगितामा अम्पायरको रुपमा रहनुभएका जिल्ला खेलकुद विकास समिति गुल्मीका पूर्व अध्यक्ष मनोज काउछा र नेपाल व्याडमिण्टन संघ गुल्मीका पूर्व अध्यक्ष  महेश काउछालाई मायाको चिनो सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।  

    धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता रहेको समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वडा न‌‍ ३ का वडा अध्यक्ष पदम बहादुर विष्‍ट, वडा न‌ ५ का वडा अध्यक्ष केशवराज भण्डारी र नेपाल व्याडमिण्टन संघ गुल्मीका अध्यक्ष नवराज श्रेष्‍ठको समेत आतिथ्यता रहेको कार्यक्रमको संचालन खड्क बहादुर थापाले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धुर्कोट गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।