Logo

२०८३, श्रावण ३१गते


images
images

धुर्कोटको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई आर्थिक वृद्धिको बलियो आधार बनाउनेदेखि रोजगारी सिर्जना सम्म

धुर्कोटको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई आर्थिक वृद्धिको बलियो आधार बनाउनेदेखि रोजगारी सिर्जना सम्म

images
  • धुर्कोटको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई आर्थिक वृद्धिको बलियो आधार बनाउनेदेखि रोजगारी सिर्जना सम्म
    images
    images
    सुशील खनाल, गुल्मी। धुर्कोट गाउँपालिकाले आगामी आर्थिक बर्षमा कृषि र पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने नीति लिएको छ । बुधबार गाउँपालिकाको १३ औँ गाउँसभाको दोस्रो बैठकमा अध्यक्ष भुपाल पोखरेलले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि र पर्यटनमार्फत रोजगारी सिर्जनालाई प्राथमिकता दिएका हुन् ।
     
    कृषि उपजको आयात प्रतिस्थापनको लागि कृषि र पशुपालनलाई आधुनिक प्रविधिमा विकास गर्दै पेशालाई व्यवसायिकरण गर्ने, सुन्तला खेतीको विस्तार गर्ने, रैथाने बालीहरुको बीउ संरक्षण, खेती विस्तार र बजारीकरणको व्यवस्था मिलाउने, पालिका भ्रमण गर्ने पर्यटकहरुलाई स्थानीय परिकार खाने व्यवस्था मिलाउने, कृषि उपजको समर्थन मुल्य गाउँपालिका निर्धारण गरिदिने कार्यक्रम उल्लेख गरिएको छ ।
     
    व्यवसायीक कृषि पकेट क्षेत्रमा सिंचाई, कृषि सडक, विद्युतिकरण, कृषि बजार तथा गोदाम घरको पूर्वाधार निर्माण गर्ने, वन्यजन्तुबाट कृषि उत्पादनमा हुने क्षति न्यूनिकरण गर्न पहल गर्ने, चक्लावन्दी गर्ने कार्य विस्तार गर्ने एवम् स्थानीय भू–उपयोग नीति कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।
     
    गुल्मी जिल्लाको सबै भन्दा धुर्कोट गाउँ पालिकामा बजेट को सदुपयोग गरेर बिकासका योजनाहरु सफलता बनाउने गाउँपालिका अध्यक्षले बताए ।
     
    आगामी आर्थिक बर्षमा गाउँपालिकाले पर्यटन गुरुयोजना तर्जुमा गरी सोही आधारमा पर्यटन पूर्वाधार विस्तार र पर्यटन विकासका कार्यक्रम संचालन गर्ने, सूचना केन्द्र, पदमार्ग, प्रतिक्षालय, शैचालय जस्ता पूर्वाधार निर्माण गर्ने, धुर्कोट दरवार क्षेत्रको पुनःनिर्माण तथा भौतिक पूर्वाधार सम्बन्धि काम गर्ने, पालिका छिर्ने मुख्य नाकाहरुमा पर्यटकीय क्षेत्रको परिचय दिनेगरी आकर्षक होर्डिङ बोर्ड राख्ने, पालिकाभित्रका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार जोड दिने एवम् थप पालिकाहरुसँग भगिनी सम्बन्ध कायम गर्ने बिषय नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
     
    यसका साथै गाउँपालिकाले दक्ष, अदक्ष तथा शैक्षिक बेरोजगारको तथ्याङ्क संकलन गर्ने, पालिकाभित्र हुने विकास निर्माणका काममा स्थानीयलाई प्राथमिकता दिने, पाँच जनासम्मका प्रत्यक्ष रोजगारी दिने उद्योगको लागि मेसिन औजारमा अनुदानको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
     
    पालिकाले पशुमा नश्ल सुधारका लागि प्राकृतिक गर्भाधानका कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्ने, उन्नत जातको गाई भैँसी तथा बाख्रापालन, आधुनिक किसिमको गोठ तथा खोरको व्यवस्था गर्ने, किसानलाई व्यवसायिक दक्षता सम्बन्धि तालिम प्रदान गर्ने, कृषक घुम्ती विद्यालय कार्यक्रम संचालन गर्ने, पशु बीमा बापत किसानले बुझाउने प्रिमियम रकममा ५० प्रतिशत अनुदानको नीतिलाई निरन्तरता दिने लगायतका कार्यक्रम समेटिएको छ।
     
    गाउँपालिकाले आगामी बर्षमा ‘हेल्लो अध्यक्ष’ कार्यक्रम संचालन गर्ने, सार्वजनिक सुनुवाई कार्यक्रम एवम् उत्कृष्ट कृषक, पत्रकार, शिक्षक, समाजसेवी लगायतलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । भुकम्पीय जोखिम न्यूनिकरणको लागि भूकम्प प्रतिरोधि संरचना निर्माण कार्यलाई प्राथमिकता दिने, जलाधारको संरक्षण, विद्युत पोल र तार मर्मतका लागि सम्बन्धित निकायमा पहल गर्ने, स्थानीय सिकर्मी र डकर्मीलाई तालिम दिने, सिँचाई कुलोहरुको मर्मत एवम् संरक्षण गर्ने बिषय गाउँपालिका अध्यक्ष पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ ।
     
    गाउँपालिकाले अत्यावश्यक बाहेक सडकको नयाँ ट्र्याक नखोल्ने, सडकमा अनिवार्य नालीको व्यवस्था गर्ने, लैङ्गिक समानताको लागि आवश्यक कार्यक्रम संचालन गर्ने, गाउँपालिकाका सबै घरमा पिउने पानीको धारा पुर्याउने, खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्मााण गर्ने, धुर्कोट आधारभूत अस्पतालको सेवा थप प्रभावकारी बनाउने लगायतका कार्यक्रम समेटिएको छ । आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्दै पारित गर्नका लागि पालिकाले ८ गते गाउँसभाको १३ औँ अधिवेसनको तेस्रो बैठक आह्वान गरेको छ।
     
     
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।