गुल्मी । धुर्काेट गाउँपालिकाकाे आयाेजनामा आ.व. २०८०/०८१ काे बार्षिक नीति, कार्यक्रम र बजेट सम्बन्धमा किसानहरु संग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतवार धुर्काेट गाउँपालिकाकाे सभाहल बर्बाेट गुल्मीमा धुर्कोट गाउँपालिका भित्रका सम्पूर्ण कृषकहरुको विचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा कृषिमा आबद्ध व्यक्तिहरुले आगामी आ.व. काे नीति कार्यक्रम तथा बजेटका विषयमा विभिन्न राय सुझाव तथा सल्लाह प्रदान गर्नुभएको थियाे ।
गाउँपालिकाले विभिन्न माध्यमबाट आगामी आर्थिक बर्षको निति, कार्यक्रम तथा बजेटका सम्बन्धमा राय संकलन गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology