Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभा

राष्ट्रिय सभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित

राष्ट्रिय सभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित

images
  • राष्ट्रिय सभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित
    images
    images

    काठमाडौं । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार बहुमतले पारित भएको हो ।

    images
    images
    images

    राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो । 

    images
    images
    images

    यसअघि प्रतिनिधिसभा बैठकबाट असार ४ गते विनियोजन विधेयक पारित भएको थियो ।  यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको छ ।

    images
    images
    images

    अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका थिए । 

    बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब र पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ । त्यस्तै राजस्व १४ खर्ब ५ अर्बको रहने र अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहेको बजेटमा उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।