Logo

२०८३, आश्विन १७गते


images
images

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

images
  • आज राष्ट्रिय सभाको बैठक बस्दै
    images
    images

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आज अपराह्न १: १५ बजे बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधायन व्यवस्थापनसम्बन्धी विषयमा छलफल तथा निर्णय हुने कार्यसूची रहेको छ ।

    images
    images
    images

    बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका सम्बन्धित मन्त्रीले उत्तर टेबुल गर्नेछन् ।

    images
    images
    images

    त्यसपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल तथा संशोधनलाई सहमति प्रदान गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    images
    images
    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि पेस हुनेछ ।

    बैठकमा राष्ट्रिय सभा नियमावलीअनुसार सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरिनेछ । साथै, अध्यक्षले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा सभालाई जानकारी गराउने कार्यसूची रहेको छ । आज चालु अधिवेशनको अन्तिम बैठक बस्न लागेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आज राति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गरिसकेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।