Logo

२०८३, श्रावण ३०गते


images
images

इङल्याण्डविरुद्धको टी-२० सिरिजमा भारत ४-० ले पराजित

इङल्याण्डविरुद्धको टी-२० सिरिजमा भारत ४-० ले पराजित

images
  • इङल्याण्डविरुद्धको टी-२० सिरिजमा भारत ४-० ले पराजित
    images
    images

    काठमाडौँ । इङल्याण्डले भारतविरुद्धको टी-२० सिरिज ४-० ले जितेको छ । गएराती सम्पन्न पाँचौँ तथा अन्तिम टी- २० खेलमा भारतलाई ५६ रनले पराजित गर्दै पाँच खेलको सिरिज ४-० ले आफ्नो पक्षमा पारेको हो ।

    images
    images
    images

    पहिले ब्याटिङ गरेको इङल्याण्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २५७ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा भारतले २० ओभरमा आठ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो ।

    images
    images
    images

    यस हारसँगै भारत लगातार दोस्रो टी-२० सिरिजमा पराजित भएको छ । साथै, आगामी साताको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को टी-२० वरीयतामा भारतलाई पछि पार्दै इङल्याण्ड शीर्ष स्थानमा पुग्ने सम्भावना रहेको छ ।

    images
    images
    images

    सिरिजको पहिलो खेल बर्षाले रद्ध भएपछि सिरिजका बाँकी चारै खेल इङल्याण्डले जितेको थियो । यसअघि भारत आयरल्याण्डविरुद्धको टी-२० सिरिज पनि २-० ले हारेको थियो ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।