Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

ठूलो परिमाणमा लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ

ठूलो परिमाणमा लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ

images
  • ठूलो परिमाणमा लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ
    images
    images

    काठमाडौँ । भारतीय नम्बर प्लेटको कारमा लुकाएर ल्याइएको ठूलो परिमाणको लागुऔषधसहित पाँच भारतीय नागरिकलाई पक्राउ परेका छन् ।  लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय पोखराले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको जनाएको छ ।

    images
    images
    images

    ब्युरोका अनुसार इलाका प्रहरी कार्यालय डाँडाको सहयोगमा कास्कीको पोखरा महानगरपालिका-३२ मजुवामा विशेष कारबाही सञ्चालन गरिएको थियो । सो क्रममा भारतीय नम्बर प्लेटको कारभित्र लुकाएर राखिएको नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगनका १ हजार ८०० एम्पुल तथा ट्रामाडोलका ५१० क्याप्सुल बरामद गरिएको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, गोरखपुरका २७ वर्षीय विकास कुमार, २९ वर्षीय बर्जली पासवान, ३३ वर्षीय अभय कुमार मिश्र, ३३ वर्षीय प्रीतम कुमार र २५ वर्षीय अभिषेक कुमार पासवान रहेका छन् । प्रहरीले उनीहरूको साथबाट भारतीय नम्बर प्लेट युपी-५३-वाई-७७०४ नम्बरको कार र पाँच थान मोबाइल फोन पनि बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।