Logo

२०८३, श्रावण ३०गते

images
images

राजनीतिक जीवनकै कठोर निर्णयको दिशामा माधव झलनाथ, बैशाख २७ मा ठुलै धक्का दिने तयारी

राजनीतिक जीवनकै कठोर निर्णयको दिशामा माधव झलनाथ, बैशाख २७ मा ठुलै धक्का दिने तयारी

images
  • राजनीतिक जीवनकै कठोर निर्णयको दिशामा माधव झलनाथ, बैशाख २७ मा ठुलै धक्का दिने तयारी
    images
    images

    काठमाडौं । बैशाख २७ गते केपी शर्मा ओलीले संसदबाट बिस्वासको मत लिने तयारी गर्दै गर्दा माधव-झलनाथ पक्ष भने राजनीतिक जीवनकै कठोर निर्णय लिने दिशामा अघि बढेका छन् । केपी शर्मा ओलीबाट बारम्बार हेपीएको महसुस गरेका यी दुई नेताको साथमा हालसम्म २१ जना सांसद रहेका छन् । यिनै २१ जना सांसदले सामुहिक राजीनामा गरेर २७ गते ओलीको शिरमा साढे सात बनेर घुम्ने उनीहरुको तयारी रहेको बुझ्न सकिन्छ ।

    images
    images
    images

    संसदमा एउटा मात्र सदस्य रहेको दलले समेत आफुलाइ निकै शक्तिशाली ठान्ने नेपाली राजनीतिमा २१ जना सांसदको राजीनामा सामान्य होइन । यस प्रकारको असामान्य निर्णयमा सानो चोटले कुनैपनी राजनीतिकर्मी पुग्दैन । ओलीले बारम्बार झुट भ्रम छरेर उनीहरुको दिलमा गहिरो चोट पुर्याएकै कारण माधव-झलनाथहरु यस प्रकारको जटिल निर्णयको मोडमा पुगेको राजनितीक बिश्लेषकहरु बताउँछन् ।

    images
    images
    images

    २१ सांसदको राजीनामापछि के हुन्छ ?

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओली २७ वैशाखमा विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत हुनु अघि राजीनामा दिने तयारी हुनु अर्थपूर्ण छ । २१ जना नेकपा एमालेका सांसदले राजीनामा दिएमा १०० जना सांसदमात्र बाँकी रहन्छन् । एमाले संसदमा सबैभन्दा ठूलो दल कायमै रहन्छ । तर, बहुमत सिद्ध गर्न प्रधानमन्त्री ओलीलाई फलामको च्यूरा सावित हुन्छ ।

    यस्तो अवस्थामा ओलीले बहुमत सिद्ध गर्न थप २३ सांसद जरुरी हुन्छ । काँग्रेस र माओवादी केन्द्रबाहेकबाट जसपाको सबै सांसद पक्षमा आउँदैनन् । जसपाको ३२ मध्ये २३ सांसद तान्न सजिलो छैन । नेमकिपा र जनमोर्चाबाट पनि ओलीलाई मत आउने सम्भावना देखिदैन । ओली सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री बन्ने ढोका काँग्रेस, माओवादी र जसपाको एउटा पक्षले रोक्न सक्छ ।

    एमालेका २१ जनाको राजीनामाले प्रतिनिधि सभामा बाँकी हुने २४५ सिटसंख्यामध्ये बहुमत अर्थात् १२३ पुग्न काँग्रेस र माओवादीलाई अर्को कुनै दलबाट १३ सिट भए पुग्छ । ३२ सिट रहेको जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षधरबाट त्यो संख्या पुग्न सक्छ । ओलीलाई रोक्ने यही रणनीतिका साथ माधव नेपाल कठोर कदमका लागि बढेको बुझिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।