Logo

२०८३, आश्विन ११गते


images
images

एक्सनमा जनप्रतिनिधि : वडासदस्य आफैं भर्‍याङ बोक्छन्, पोल चढ्छन् र विद्युत नियमित गर्छन्

एक्सनमा जनप्रतिनिधि : वडासदस्य आफैं भर्‍याङ बोक्छन्, पोल चढ्छन् र विद्युत नियमित गर्छन्

images
  • एक्सनमा जनप्रतिनिधि : वडासदस्य आफैं भर्‍याङ बोक्छन्, पोल चढ्छन् र विद्युत नियमित गर्छन्
    images
    images

    कृष्ण अन्जान, रुरु । स्थानीय तहकाे निर्वाचनमा  रुरुक्षेत्र गाउँपालिका वडा नं. १ बाट वडा सदस्यकाे रुपमा एमालेबाट टिकट पाएका दुई युवा घनस्याम ज्ञवाली र शुसिल श्रेष्ठकाे चर्चा त्यतिबेला पनि थियाे र यतिबेला त झनै यी दुई युवाकाे चर्चा गाउँमा चुलिएकाे छ ।

    images
    images
    images

    रुरुक्षेत्र १ काे भट्कुवा गाउँमा पुग्दा वडा सदस्य घनस्याम ज्ञवाली विजुलिका पाेलमा चढेर तार मिलाउँदै थिए भने अर्का वडा सदस्य शुसिल श्रेष्ठ पाेलमा चढ्ने भर्याँग समाउँदै थिए ।

    images
    images
    images

    याे कुनै देखावटी स्क्यान्डल थिएन नत हात मिलाउने र बात मिलाउने काम । यी युवाहरुलाई आफुले गाउँमै गरिरहेकाे कामले जनताको घरमा बिजुली नियमित हुन सक्छ कि भनेर उनिहरु खटिई रहेका थिए ।

    images
    images
    images

    "हामीले जिते बिजुली बनाउँछौँ भनेर प्रतिबद्धता पनि जनाएका हाेईनौँ तर आम समुदाय बिजुलीकाे समस्यामा थिए । हामीले प्राविधिकहरु बाेलाएर आफुले जानेकाे काम गरेका हौँ । याे कुनै राजनैतिक अभिष्ट हाेईन सेवा मुलक काम हाे" वडा सदस्य घनस्याम ज्ञवालीले भने ।
    "गाउँमा कसैकाे घरमा बिजुली बत्ति बिग्रियाे भने शुसिल श्रेष्ठ नै चाहिन्छ उनैले बनाईदिन्छन" रुरुक्षेत्र १ भट्कुवाका समाजसेवी पदम थापाले भने ।

    गाउँ नछाडेका घनस्याम च्यूरेकका लागि र शुसिल भट्कुवाका जनसमुदायका लागि सुखदुखका साथि हुन रुरुक्षेत्र गाउँपालिका १ का पुर्व वडा सदस्य फर्सुराम ज्ञवालीले भने ।

    राजनीति आफ्नो ठाउँमा छ तर समुदायको सुखदुख अर्काे ठाउँमा छ हाम्रो काम सबैकाे जन प्रतिनिधि बन्नु हाे र यहि उद्देश्यले निर्वाचनमा उठेका हौँ ,अब त हाम्रो काँधमा समाज प्रति अझै  जिम्मेवारी थपिएकाे वडा सदस्य शुसिल श्रेष्ठले भने ।

    मुख्यरुपमा रुरुक्षेत्र गाउँ पालिकाकाे च्युरेक र भट्कुवा गाउँमा बिजुली व्यवस्थित छैन । काठकै जिर्ण बिजुलीका पाेलहरु छन । तार लत्रेका मात्र छैनन, रुख र हाँगाहरु काट्नु पर्नेछ । पाेल फेर्नु पर्ने छ ।


    भट्कुवा गाउँमा विद्युत प्राधिकरणका प्राविधिक सहितकाे टाेलीसँगै मिलेर तार र पाेल व्यवस्थापनकाे काम शुरुवात मात्रै भएकाे छैन वडा सदस्यहरु नै भर्याँग बाेक्दै र बिजुलीका पाेलहरुमा आफै चढेर बिजुली बनाउन थालेपछि भट्कुवाका जनता अचम्भित मात्र बनेनन कि आफ्ना जन प्रतिनिधि प्रति गर्व समेत गरे ।

    सबैभन्दा ठुलाे इच्छाशक्ति र सेवाभाव हाे । यदि मान्छेमा इच्छाशक्ति भयाे भने सजिलै समाजमा स्थापित हुन सक्छ । यिनै दुई युवा  हुन जसले रुरुक्षेत्रकाे च्यूरेक गाउँमा केवल नेटवर्कसँगै ईन्टरनेट सेवा सन्चालन गरेर गाउँलाई सँचारसँग जाेडेका हुन । गाउँका हरेक विकास निर्माण र सामाजिक गतिविधिहरुमा यी युवाहरूको याेगदान महत्त्वपूर्ण छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।