Logo

२०८३, आश्विन ११गते


images
images

मालिकाले बनायो विषयगत समिति, बर्षाले पुर्याएको क्षतिमा राहत दिने पहिलो निर्णय

मालिकाले बनायो विषयगत समिति, बर्षाले पुर्याएको क्षतिमा राहत दिने पहिलो निर्णय

images
  • मालिकाले बनायो विषयगत समिति, बर्षाले पुर्याएको क्षतिमा राहत दिने पहिलो निर्णय
    images
    images

    गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा विभिन्न बिषयगत समिति गठन गरिएको छ । गाउँपालिकाकाे पहिलो कार्यपालिकाकाे बैठकबाट विभिन्न बिषयगत समिति गठन गरिएको हो ।

    images
    images
    images

    गाउँपालिकाका अध्यक्ष देविराम अर्यालकाे नेतृत्वमा स्राेत अनुमान तथा सिमा निर्धारण समिति र शिक्षा समिति गठन गरिएको छ । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालकाे नेतृत्वमा राजस्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति र अनुगमन समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images

    प्रवक्तामा ज्ञान कुमार बुढा 
    मालिका गाउँपालिकाकाे प्रवक्तामा ज्ञान कुमार बुढालाई  जिम्मेवारी प्रदान गरिएको छ । गाउँपालिकामा पहिलो कार्यपालिकाकाे बैठकबाट वडा नम्बर ३ का वडाध्यक्ष बुढालाई प्रवक्ताकाे जिम्मेवारी प्रदान गरिएको हो । 

    images
    images
    images

    त्यस्तै गाउँपालिकाकाे वडा नम्बर ५ का वडाध्यक्ष रेखा कुमार जिसीकाे नेतृत्वमा सामाजिक विकास समिति गठन गरिएको छ । वडा नम्बर ८ का वडाध्यक्ष सुर्य बहादुर जिसीकाे नेतृत्वमा आर्थिक विकास समिति गठन गरिएको छ । वडा नम्बर ६ का वडाध्यक्ष दिपक भण्डारीकाे नेतृत्वमा पूर्वाधार विकास समिति गठन गरिएको छ । त्यस्तै कार्यपालिकाकाे पहिलो बैठकबाट सार्वजनिक सेवा तथा क्षमता विकास समितिकाे संयाेजक वडा नम्बर ३ का वडाध्यक्ष ज्ञान कुमार बुढालाई ताेकिएकाे छ । साथै वडा नम्बर ४ का वडाध्यक्ष नारायण प्रसाद अर्यालकाे नेतृत्वमा विधेयक समिति गठन गरिएको छ । त्यस्तै कार्यपालिका सदस्य कमल सुनारको नेतृत्वमा बाताबरण तथा बिपद् व्यवस्थापन समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ । 

    त्यस्तै गाउँकार्यपालिकाकाे पहिलो बैठकबाट गाउँपालिकाकाे वडा नम्बर ८ मर्भुङ्गमा रहेको मालिका माध्यमिक विद्यालयलाई नुमना विद्यालयकाे रूपमा अगाडि बढाउने निर्णय समेत गरेको गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिए ।  त्यस्तै गाउँपालिकाका सबै वडाका अविरल बर्षाका कारणले घर, गाेठ र कृषिजन्य बालीमा क्षति पुगेका नागरिकलाई राहत दिने गरेर आर्थिक काेष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जानकारी दिए । क्षति पुगेकाहरूकाे राहतका लागि गाउँपालिकाका प्रत्येक वडाबाट सुचना निकालेर कागजपत्र पेश गर्न अनुरोध गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।