रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० र १२ नम्बर वडाको सिमानामा रहेको रोहिणी खोलामा माछा मार्ने क्रममा बीच खोलामा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ।
आइतबार तीन पुरुष र एक महिला खोलाको बीचमा फसेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली परिचालन गरिएको थियो।
प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले बिहान ११ बजे चारै जनाको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology