Logo

२०८३, श्रावण ३०गते


images
images

भैरहवा–परासी सडक खण्डको रोहिणी खोलामा बस दुर्घटना : ९ को मृत्यु, २३ घाइते **

भैरहवा–परासी सडक खण्डको रोहिणी खोलामा बस दुर्घटना : ९ को मृत्यु, २३ घाइते **

images
  • भैरहवा–परासी सडक खण्डको रोहिणी खोलामा बस दुर्घटना : ९ को मृत्यु, २३ घाइते **
    images
    images

    बुटवल ।  भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुवाहक बस खसेको छ। आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा सवार नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा थप २३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक एवं रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए।

    images
    images
    images

    जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको रुपन्देही प्रहरीले जनाएको छ।  

    images
    images
    images

    घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए। प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरी अस्पताल पुर्‍याउने काम भइरहेको उनले बताए।

    भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक-पटक गाडीहरू खोलामा खस्ने गरेका छन्। बिहानको समयमा चालक निदाएकाले बस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। पुल मोडमा रहेको कारण पनि चालक झुक्किएर खोलामा खस्ने गरेका छन्। 

    **यस अघि समाचार र समाचारको शिर्षकमा घाईतेको संख्या २३ हुनुपर्नेमा भुलबस अन्यथा हुन गएकोले सच्याईएको छ । - सम्पादक 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।