Logo

२०८३, श्रावण ३१गते


images
images

बेपत्ता जहाजको खोजी कार्य बिहानैबाट सुरु

बेपत्ता जहाजको खोजी कार्य बिहानैबाट सुरु

images
  • बेपत्ता जहाजको खोजी कार्य बिहानैबाट सुरु
    images
    images

    काठमाडौं । हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ ।

    images
    images
    images

    मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिएका छन् ।

    images
    images
    images

    यद्यपि मौसम प्रतिकूल भएकाले खोज्न कठिन भएको प्रजिअ शर्माले बताए । ‘पूरै बादलले ढाकेको छ, तत्काल खुल्ने सम्भावना कम छ,’ प्रजिअ शर्माले भने, ‘यद्यपि हेलिकोप्टर र पैदल दुवै तर्फबाट खोजी सुरु गरिएको छ ।’

    images
    images
    images

    उनका अनुसार नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मानापाथी हिमालतर्फ र नेपाली सेनाको अर्को एउटा टोली निलगिरि हिमालतर्फ खोज्न गएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।