काठमाडौं । नेपाली सेनाले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताएका छन् ।
समाजिक संजालमा लेख्दै सिलवालले भनेका छन्, ‘भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’ अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले बताए ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज १०ः११ बजेदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी नागरिक सवार थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology