Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

images
  • नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
    images
    images

    काठमाडौँ । सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा सञ्चालन भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण समापन भएको छ ।  

    images
    images
    images

    रक्षा मन्त्रालयको आयोजनामा राष्ट्रिय सुरक्षा र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र अनुभव आदानप्रदान गर्न विभिन्न मन्त्रालय, विश्वविद्यालय, सञ्चार जगत तथा सुरक्षा निकायहरुबाट कुल ३० जना सम्मिलित उक्त तालिमको समापन गर्दै प्रधान सेनापति अशोक राज सिग्देलले सम्पूर्ण सहभागीहरूलाई बधाई तथा धन्यवाद दिएका छन् । उनले यस किसिमको तालिमबाट राष्ट्रिय सुरक्षाको विषयमा साझा धारणा विकास भई विभिन्न निकायहरूले समन्वय र सहकार्यका साथ गर्ने एकीकृत प्रयासबाट सुरक्षा नीतिहरूको सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरे । 

    images
    images
    images

    समारोहमा पूर्व प्रधान सेनापति, रक्षा सचिव, विपद् व्यवस्थापन प्राधिकरण प्रमुख, शसस्त्र प्रहरी महानिरिक्षक, रथीवृन्द, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रतिनिधिहरू, अधिकृत तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    राष्ट्रिय सुरक्षाको बहुआयामिक पक्षहरुमा समान बुझाई तयार गरी राज्यका सम्पूर्ण संयन्त्रहरुबिच एकिकृत कार्यसंस्कृतिको विकास गर्ने उद्देश्यले वि.सं. २०७२ सालबाट सुरु भएको यस तालिमबाट हालसम्म २८२ जना प्रशिक्षित भई सकेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली सेना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।