Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रिय सुरक्षा तालिम

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

images
  • नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ
    images
    images

    काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण शुरु भएको छ । 

    images
    images
    images

    तालिमको प्रधानसेनापति अशोक राज सिग्देलले समुद्‍घाटन गरेका छन् । समारोहमा आफ्नो मन्तव्य राख्दै रक्षा सचिव केदारनाथ शर्माले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको महत्त्व र आवश्यकता बारे प्रकाश पारेका थिए । 

    images
    images
    images

    चैत्र १८ गतेसम्म सञ्चालन हुने तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारजगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट कुल ३० जनाको सहभागिता रहेको छ । विस २०७२ सालबाट सुरु भएको यस तालिमबाट हालसम्म २५२ जना प्रशिक्षित भई सकेका छन् । 

    images
    images
    images

    समारोहमा नेपाल सरकारका सचिवहरू, बलाधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, त्रिभुवन विश्व विद्यालयका रेक्टर तथा उच्च पदाधिकारीहरू, विभिन्न मन्त्रालय लगायत सरकारी/गैर सरकारी संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरू, रथीवृन्द, अधिकृत र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

    यस किसिमको उच्च स्तरको तालिमले राष्ट्रिय सुरक्षाका सम्बन्धमा साझा बुझाई एवं धारणाको विकास गर्नुका साथै राज्यका संयन्त्रहरू बिच कार्यगत एकता कायम गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली सेना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।