Logo

२०८३, श्रावण ३०गते


images
images

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

images
  • त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता
    images
    images

    रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ चिलिमे पुलस्थित पासाङ ल्हामु सडकखण्डमा (ईभी) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

    images
    images
    images

    शनिबार साँझ करिब १७:४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ भ्यान सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो ।

    images
    images
    images

    दुर्घटनामा परेको गाडीका चालकको नाम, थर र ठेगाना खुल्न नसकेको र गाडीमा अन्य व्यक्ति थिए वा थिएनन् भन्ने तथा मानवीय क्षतिको यकिन विवरणसमेत प्राप्त हुन सकेको छैन ।

    images
    images
    images

    बेपत्ता चालक तथा नदीमा खसेको ईभी गाडीको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिशूली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।