Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु

बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु

images
  • बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
    images
    images

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको छ ।

    images
    images
    images

    नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत बालाजु-त्रिशूली र चपली-देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो ।

    images
    images
    images

    बाढीका कारण नियमित विद्युत् आपूर्ति प्रणालीमा क्षति पुगेपछि प्राधिकरणले उपलब्ध प्रसारण संरचनाको वैकल्पिक प्रयोग गर्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना गर्ने काम अघि बढाएको थियो । उक्त व्यवस्थापछि बट्टार, त्रिशूली बजारलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको जानकारी प्राप्त भएको छ ।

    images
    images
    images

    प्राधिकरणले बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनःस्थापनालाई तीव्रता दिँदै प्रभावित सबै क्षेत्रमा विद्युत् सेवा नियमित बनाउने प्रयास जारी राखेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।