Logo

२०८३, श्रावण ३०गते


images
images

कप्तानगन्ज घटना

कप्तानगन्ज घटनाको मानवअधिकारका दृष्टिले अनुसन्धान सुरु, सामाजिक सद्भाव कायम राख्न आयोगको आग्रह

कप्तानगन्ज घटनाको मानवअधिकारका दृष्टिले अनुसन्धान सुरु, सामाजिक सद्भाव कायम राख्न आयोगको आग्रह

images
  • कप्तानगन्ज घटनाको मानवअधिकारका दृष्टिले अनुसन्धान सुरु, सामाजिक सद्भाव कायम राख्न आयोगको आग्रह
    images
    images

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा दुई समुदायबीच भएको झडप तथा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको मानवअधिकारका दृष्टिले अनुसन्धान सुरु गरेको जनाएको छ ।

    images
    images
    images

    आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयवासीसँग घटनाबारे जानकारी लिइरहेको जनाएको छ। प्रारम्भिक अनुगमनअनुसार पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद सुरु भएको र डिजे बजाउने क्रममा विवाद चर्किएपछि तोडफोड तथा झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको र अन्य नौ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ ।

    images
    images
    images

    आयोगका अनुसार घाइतेमध्ये चार जनाको न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    images
    images
    images

    घटनापछि विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको, आन्दोलनकारीले लाठी तथा रडसहित प्रदर्शन गरिरहेको र कप्तानगञ्जसहितका क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको आयोगले जनाएको छ । सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको जानकारी पनि आयोगले दिएको छ ।

    आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

    साथै आयोगले राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी तथा सर्वसाधारणलाई वार्ता र संवादमार्फत विवाद समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।